चौतारी साकोस, भरतपुर-३, न्युरोडले ग-यो बाल बचतकर्ता बाबुनानीहरुकाे लागि दन्त परीक्षण तथा रमाइलो बनभाेज कार्यक्रम
चितवनको भरतपुर महानगरपालिका-३, न्युरोडमा आफ्नै भवनबाट सञ्चालन भइरहेको चाैतारी बचत तथा ऋण सहकारी संस्था लि ले २०७७ माघ २४ गते शनिबार आफ्ना बाल बचतकर्ता बाबुनानीहरुकाे लागि दन्त परीक्षण तथा रमाइलो बनभाेज कार्यक्रम आयोजना ग-यो । उक्त कार्यक्रममा त्यसै सस्थाका कार्यबाहक अध्यक्ष गाेपाल श्रेष्ठले अध्यक्षता , सचिव रामशरण सिलवालले सञ्चालन , महिला तथा बालबालिका संयाेजक निर्मला अर्याल तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त र स्वास्थ्य संयोजक धनमाया लुइटेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सोही सस्थांका पूर्व अध्यक्ष एवं सल्लाहकार संयाेजक बिष्णुबहादुर लाेहनीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ८५ जना बालबालिकाकाे सहभागितामा रहेको थियाे । त्यस दन्त परीक्षण कार्यक्रममा स्काई डेन्टल केयर प्रा लि ले प्राबिधिक सहयोग गरेको थियाे ।
बिगत एक बर्षदेखि काेभिड-१९काे कारणले घरभित्र मात्र सिमित भएका र स्कूलहरुले पनि यस्ता कुनै कार्यक्रम सञ्चालन गर्न नसकेकाे अबस्थामा आयाेजना गरिएकाे यो कार्यक्रम बच्चाहरुकाे लागि सारै नै उपयाेगी रहेकाे त्यसै संस्थाकी व्यवस्थापक इश्वरी घिमिरेको भनाई छ ।
