सुदूरपश्चिमम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ (प्रस्तावित) को प्रारम्भिक भेला सम्पन्न , अध्यक्षमा डा. जोशी चयन
सुदूरपश्चिमम थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ(प्रस्तावित) को प्रारम्भिक भेला २०७७ माघ २४ गते धनगढीमा सम्पन्न भएको छ । सो भेलाले कैलालीको नवजीवन सहकारी संस्था लि.का उपाध्यक्ष डा. गोविन्दराज जोशीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा गणेशबहादुर चन्द , महासचिवमा मनमोहन विष्ट, सचिवमा प्रेम सिंह भाट र कोषाध्यक्षमा शान्ति सिंह शाही तथा सदस्यमा सुरेन्द्र के.सी. डम्बरबहादुर शाह, शिवराज बी.सी., प्रयागराज जोशी , कलावती स्वार , पुष्पराज भट्ट , खडक विष्ट, जगतराम चौधरी , दानबहादुर रावल र ठक्कर खडायत रहनु भएको छ ।
त्यसै संघका नवनिर्विचित अध्यक्ष डा. जोशीले सहकारी पसलहरुलाई थोक मूल्यमा आवश्यक वस्तु उपलब्ध गराउने उद्देश्यले यो संघ स्थापना गरिएको बताउदै यस संघले उत्पादक र उपभोक्तालाई गुणस्तरीय सामाग्री सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
त्यस संघमा सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका ५० वटा सहकारी संस्थाको सहभागिता रहेको बताइएको छ ।
