प्रस्तावित नेपाल सहकारी बैंक लि.को दर्ता प्रक्रिया बढ्यो अगाडि , फाइल अध्ययन गरी कानुनी प्रक्रिया अगाडि बढाइने छ : डा.पाण्डे

0 Shares

यही माघ १७ गते प्रारम्भिक भेला गरी २५ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्माण गरेको प्रस्तावित नेपाल सहकारी बैंक लि.को दर्ताको लागि सबै प्रक्रिया पुरा गरी आज सहकारी विभागमा फाइल पेश भएको छ । सो बैंकका तदर्थ सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेलाई फाइल बुझाएको छ । उक्त फाइल ग्रहण गर्दै रजिष्टार डा.पाण्डेले ‘फाइल अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने छ’ भन्नुभयो । त्यस अवसरमा दर्ताको लागि फाइल बुझाउदै सोही बैंकका अध्यक्ष भण्डारीले हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंक लि.ले देशभर सञ्चालनमा रहेका सबै सहकारी संघ/संस्थालाई समेट्न नसकेकोले नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग संक्षिप्त कुरा गर्दै सोही बैंकका सञ्चालक तथा जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलालले  ‘यही माघ १७ गते सम्पन्न प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेलामा जम्मा भएका ६९० वटा फाइल हामीले सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेलाई बुझाएका छौँ’ तर यसबेलासम्म यो बैंकमा ९१० वटा सहकारी संघ/संस्थाको फाइल जम्मा भएको छ’ भन्नुभयो ।

Leave a Reply