ललितपुर बचत संघको आयोजनामा “बजार प्रतिनिधि क्षमता अभिवृद्धि” तालिम सम्पन्न

0 Shares

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा २०७७ माघ २५ देखी २७ गतेसम्म सहकारी सम्बन्धी ‘‘बजार प्रतिनिधि क्षमता अभिवृद्धि’’ तालिम सम्पन्न भएको छ । तालिममा विभिन्न विषयगत सहकारीहरुबाट ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । सहकारी संघ /संस्थाहरुको बजार व्यवस्थापनलाई अझै बैज्ञानिक र समय सान्दर्भिक बनाउन तालिम लक्षित रहेको सोही संघका व्यवस्थापक सन्तोष बजगाईको भनाई छ ।

हाल बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको तालिममा सदस्य सम्बन्ध व्यवस्थापन, सदस्य सम्वन्ध व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा विधमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको उक्त संघका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा तालिम उप-समिति संयोजक करुणारत्न बज्राचार्यले बताउनुभयो । तालिम उद्घाटनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरि बजगाईले   सहकारी संस्थाहरुमा समस्या आउन नदिन बजार व्यवस्थापनमा उचित ध्यान पु-याउन सबै सहभागिहरुलाई सुझाव दिनुभयो । त्यस्तै तालिम समापनको अवसरमा त्यसै संघका सचिव श्यामकृष्ण महर्जनले सहकारीहरुको बजार व्यवस्थापनमा बजार प्रतिनिधिहरुको महत्वलाई सबैले अंगीकार गर्दै बजार विश्लेषण गरी शेयर सदस्यहरुसँग मात्र कारोबार गर्न सबैलाई आग्रह गर्नुभयो । सो तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले यस तालिमबाट आफूले संस्थामा शेयर सदस्यहरु सँग मात्र कारोबार गर्ने तथा सदस्य सम्बन्धमा विशेष ध्यान पु- याउनेे कुरा तालिममा बताएका छन् । त्यस तालिमलाई सहकारी प्रशिक्षक तेजप्रसाद बजगाईले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply