सिञ्चाहिटी साकोस, सिञ्चाहिटीको १४स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न
ललितपुरको सिञ्चाहिटीमा रहेको सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्था लि.ले आज आफ्नो १४औं स्थापना दिवस हर्षोल्लासका साथ शुभकामना आदान प्रदान मनाएको छ । सो अवसरमा उक्त संस्था र निम्न कलेजको संयुक्त आयोजनामा निम्न कलेजको प्राङ्गडमा रक्तदान कार्यक्रम आयोजना गरियो ।
सोही रक्तदान कार्यक्रममा २३ जना रक्तदाताले रक्तदान गर्नु भएको आयोजकको भनाई छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्य , कर्मचारीर शेयर सदस्यहरु एवं निम्स कलेजका प्रिन्सिपल, शिक्षक , कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेका थियो । त्यस अवसरमा आयोजक सिञ्चाहिटी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष पुरुषोत्तम मानन्धरले कोभिड-१९ को जोखिमको भयका कारण मानिसहरु जमघट भई सामूहिक रुपमा रक्तदान गर्ने कार्यमा कमी आएको महसुस गरी रक्तदानको माध्यमबाट मानवीय सेवा पुर्याउने उद्देश्यले हामीले यो रक्तदान कार्यक्रम आयोजना गरेका हौँ’भन्नुभयो ।
२०६५ माघ २८ गते स्थापना भई स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको त्यस संस्थामा शेयर सदस्य संख्या १५४० , शेयर पूँजी रु.३ करोड ४० लाख , ऋण लगानी रु.३२ करोड ,र निक्षेप संकलन रु.३७ करोड रहेको बताइएको छ । हस्तकला व्यवसायको क्षेत्रमा सबै भन्दा बढी लगानी गरेको सो संस्थाले सदस्यहरुको आवश्यकता अनुरुप हायर पर्चेज , घर निमार्ण र व्यापार व्यवसायमा कर्जा लगानी गर्दै आएको जनाएको छ । त्यसैगरी उक्त संस्थाले आफ्ना ज्येष्ठ सदस्यहरुलाई धार्मिक स्थलहरुको अवलोकन भ्रमण गराउने लगायतका कार्य गर्नुका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
