भक्तपुर बचत संघको आयोजनामा पल्र्स तालिम शुरु
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि., भक्तपुरको वित्तीय सेवा प्रवर्द्धन उप-समितिको आयोजनामा २ दिने पल्र्स अनुगमन प्रणाली तालिम आजदेखि भक्तपुर बैंक्वेट, हाकुफोहिटी , भक्तपुमा शुरु भयो । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले तालिमको उद्घाट्न गर्दै बचत तथा ऋण कारोवार गर्ने सहकारी संस्थाहरुले संस्थाको वित्तीय अवस्थाको जानकारी लिई संस्थाको स्वस्थता जाँच गर्नुपर्ने आवश्कता औंल्याउनुभयो । उहाँले संस्था सक्षम भए नभएको विषयमा नियमित परीक्षण गरी सो को परिणामको आधारमा संस्थाको काम कारवाहीमा अपनाउनुपर्ने सावधानी तथा योजना तर्जुमा गर्न पल्र्स अनुगमन प्रणाली अवलम्बन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सो अवसरमा सोही संघका कोषाध्यक्ष एंव वित्तीय सेवा प्रवर्द्धन उप-समितिका संयोजक कान्छाभक्त घजुले यस संघका आफ्ना सदस्य संस्थाहरुलाई पल्र्स अनुगमन प्रणालीको जानकारी गराई संस्थाको वित्तीय स्वस्थता संस्था स्वयंले मापन गर्न सकोस् भन्ने हेतुले यो तालिम आयोजना गरिएको बताउनुभयो । त्यसैगरी उक्त संघका वित्तीय सेवा प्रवर्द्धन उप-समितिका सदस्य राजकुमार लघुले सदस्यहरुको माग अनुसार तालिमहरु सञ्चालन गर्दै आएको हाम्रो यो संघले अन्तर-लगानी कार्यक्रम अन्तर्गत ८ प्रतिशत व्याजदरमा विशेष ऋण लगानी गर्नेे कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो ।
त्यस्तैगरी सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल लगानीको वातावरण नभएकोले बढी लागतको बचत स्वीकार नगर्न सुझाव दिर्दै तरलता एवम् ऋण लगानी योग्य रकमको अभाव भएमा यस संघको सस्तो व्याजदरका ऋण परिचालन गर्न अनुरोध गर्नुभयो ।
भोलिसम्म सञ्चालन हुने त्यस तालिमको सहजीकरण शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत राधेश्याम दुवालले गर्नुभयो । तालिममा संघका सदस्य संस्थाहरुबाट ३८ जनाको सहभागी रहेको रहेको छ ।
