आफ्नो २२औं स्थापना दिवसको उपलक्ष्यमा श्री साई साकोस , क्वाबहाल -ठमेलले आज खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने
काठमाडौं महानगरपालिका-१७, क्वाबहाल -ठमेलमा रहेको श्री साई बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २२औं स्थापना दिवसको अवसरमा २०७७ माघ ३० गते शुक्रबार काठमाडौंको जमल चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । सो रक्तदान कार्यक्रम शुक्रबार विहान ११:०० बजेदेखि दिउशो ३:०० बजेसम्म हुने सोही संस्थाकी अध्यक्ष रमिला शर्माको भनाई छ ।
बचत तथा ऋण कारोवार मार्फत आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग गरिरहेको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरु पनि सञ्चालन गर्दै आएको छ । त्यसै क्रममा त्यस संस्थाले यही माघ ११ गते काठमाडौंको गोंगबुमा रहेको मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको थियो ।


