स्याङ्गजाको पुतलीबजारमा राष्ट्रिय सहकारी बैंकको शाखा स्थापना

0 Shares

यही माघ २९ गते स्याङ्जा जिल्ला सदरमुकाम पुतलीबजारमा राष्ट्रिय सहकारी बैंक लि.को शाखा कार्यालय स्थापना भएको छ । सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीको उपस्थितिमा सहकारी विभागका रजिष्टार डा.टोकराज पाण्डेले सो शाखाको उद्घाटन गर्नुभयो । त्यस अवसरमा रजिष्टार डा.पाण्डेले सहकारी क्षेत्रले गरेको योगदानको चर्चा गर्नु भएको थियो ।

देशभरका १२ हजार ६ सय भन्दा बढी सहकारी संघ/संस्था सदस्य रहेको उक्त बैंकले आर्थिक वर्ष २०७७/०७८ को चौथो महिना आरम्भ भएसँग नेपाल राष्ट्र बैंकबाट २४ वटा शाखा सञ्चालनको अनुमती पाएको थियो ।

सोही बैंकका अध्यक्ष उप्रेतीले निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको राष्ट्रिय सहकारी बैंक लि.को थप शाखा स्थापनाको अनुमतीका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउनुभयो ।

Leave a Reply