हाइवे साकोस र सरस्वती महिला साकोस वीच एकीकरण

0 Shares

धादिङको गल्छी गाउँपालिका–६ , बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि र थाक्रे गाउँपालिका–७ , जुंगेखोलामा रहेको सरस्वती महिला बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण भएको छ । यही फागुन १ गते एकीकरणसभा गरी ती संस्था बीच एकीकरण घोषणा  गरिएको हो । उद्यमशीलता र व्यवसायिकताको विकास र प्रबर्द्धनको लागि एउटा सक्षम सहकारी संस्था निर्माण गर्न समान उद्देश्य भएका यी दुई संस्था बीच एकीकरण भएको सोही संस्थाका अध्यक्ष उमा सिंखडा नेपालको भनाई छ । नेफ्स्कूनको कर्ब्स कार्यक्रममा ती दुबै संस्थामा आबद्ध रहेका छन् । एकीकृत संस्थामा १,९८२ महिला र १,४३६ पुरुष गरी शेयर सदस्य संख्या ३,४१८ , शेयर पूँजी रु.२ करोड ३१ लाख , निक्षेप संकलन रु.१६ करोड ६ लाख , कर्जा लगानी रु.१६ करोड ४१ लाख र कूल कारोवार रु. २२ करोड ६० लाख रहेको एकीकृत संस्थाका व्यवस्थापक ऋषिराम नेपाल बताउनु हुन्छ ।

ती दुबै संस्थाले गएको मंसिर र पुसमा आ-आफ्नो वार्षिक साधारणसभा गरी एकीकरणरलाई औपचारिक रुपमा अगाडि बढाएका थिए ।

Leave a Reply