एटीएम मेसिन त्यसै संस्थाको भवनमा राखिएको छ । 
सो कार्ड एसीटी नेटवर्कसँग आवद्ध जुनसुकै संस्थाबाट स्वायप गरेर भुक्तानी गर्न सकिने र ई-कमर्श, वालेट जस्ता प्लेटफर्ममा कार्ड एड गरेर विभिन्न बस्तु खरीद तथा सेवा उपभोग गर्न सकिने त्यस अवसरमा जानकारी दिइयो ‌।
सो संस्थाले नियमति मासिक बचत गर्ने र उद्यम कोष खाता खोल्ने शेयर सदस्यहरुलाई भने नि:शुल्क एटीएम(ATM) कार्ड उपलब्ध गराउने र बाँकी शेयर सदस्यहरुले भने एटीएम कार्डको बार्षिक रु.२५० शुल्क भुक्तानी गर्नु पर्ने जनाइएको छ । त्यसै संस्थाका अध्यक्ष भोलानाथ पाठकले ‘यो भेगमा कुनै पनि बैंक तथा वित्तीय संस्था नहुँदा स्थापना भएर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह थालेको यस संस्थाले प्रविधिसँग सदस्यहरुलाई जोड्ने उद्देश्यले एटीएम(ATM) सेवा सञ्चालन शुरु गरिएको हो’ भन्नुभयो । धेरै अगाडि नै यस संस्थाले एटीएम सेवा सञ्चालन गर्ने योजना बनाएको भएपनि केही समय ढिला हुन गएको भन्दै उहाँले यस संस्थाका सबै शेयर सदस्यहरुलाई एटीएम कार्ड उपलब्ध गराउने बताउनुभयो । ‘हाम्रो यो संस्थाले यस अघि नै मोबाइल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याई सदस्यहरुलाई युटिलिटी पेमेण्ट, ब्यालेन्स चेक तथा ब्यालेन्स ट्रान्सफर जस्ता सुविधा प्रदान गर्दै आएको छ’ उहाँको भनाई छ ।

 निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुको ऋणको सुरक्षाको लागि त्यसै अवसरमा सिटिजन्स लाईफ इन्स्योरेन्स क.लि. सँग वीमा सम्झौता समेत ग-यो ।  त्यसैगरी त्यस संंस्थाले आफ्नो सम्पूर्ण कारोबार डिस्प्ले गर्नका लागि डिजिटल बोर्ड समेत जडान गरेको छ ।