सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले ल्यायो क्युआर कोल्ड सञ्चालनमा

0 Shares

आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गरिरहेको सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २२औँ स्थापना दिवस शुभकामना आदान-प्रदान गरी मनाएको छ । काठमाडौंको सीतापाइलामा मुख्य कार्यालय रहेको सो संस्थाले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा शेयर सदस्यहरुलाई प्रविधि मैत्री बनाउनुका साथै नगद रहित कारोवारलाई प्राथमिकता दिने उद्देश्यले हिजोबाट क्यूआर कोर्ड सञ्चालनमा ल्याएको जनाएको छ । आफ्ना शेेेयर सदस्यहरुलेे सञ्चाचल गरिरहेका चिया पसल , तरकारी पसल , फलफूल पसल , औषधि पसल , अस्पताल , सपिङ्ग सेन्टर , होटल , रेष्टुरेण्ट लगायतका स्थानमा क्यूआर कोर्ड मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरेको सोही संस्थाका अध्यक्ष केदार मानन्धरको भनाई छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत समय- समयमा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गरिरहेको त्यस संस्थाले यस अगाडि नै मोवाइल एप्स सञ्चालन गरिरहेको छ , जसमार्फत शेयर सदस्यहरुले इन्टरनेट , खानेपानी , विजुली तथा टेलिफोन सेवाको विल भुक्तानी , हवाई सेवाको टिकट बुकिङ्ग , डिजिटल प्रविधि मार्फत मिनि स्टेटमेण्ट लिने , मोबाईलमा टपअफ गर्ने लगायतका सेवा उपयोग गरिरहेको बताएको छ ।

संस्थागत सुशासनलाई अवलम्बन गरी सञ्चालन भइरहेको सो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ ।

Leave a Reply