जिल्ला सहकारी संघ लि.,काठमाडौंको तारेकेश्वर नगर समिति गठन

0 Shares

जिल्ला सहकारी संघ लि.,काठमाडौंको तारेकेश्वर नगर समिति गठन भएको जानकारी प्राप्त भएको छ । राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेतीको प्रमुख आतिथ्यतामा हिजो काठमाडौंको नेपालटार स्थित कान्तिपुरी ए.बी. पार्टी प्यालेसमा सम्पन्न काठमाडौंका १० वटा नगरपालिकाका नगर स्तरीय सपथ तथा स्वागत कार्यक्रममा राधाकृष्ण खड्गीको अध्यक्षतामा सो समिति गठन भएको थियो ।  उक्त समितिको उपाध्यक्षमा कमला रिमाल , सचिवमा कविन्द्र रिमाल र कोषाध्यक्षमा तिर्थलक्ष्मी महर्जन तथा सदस्यमा हरिप्रसाद सापकोटा , अनिल भण्डारी , नविन डंगोल , ईश्वरी तिवारी , रामलाल महर्जन , अमर महर्जन र पूर्णप्रसाद तिमिल्सिना हुनुहुन्छ । त्यस समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरी कार्यकाल सफलताको कामना गर्दै जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । त्यस अवसरमा काठमाडौंका १० वटा नगरपालिकाका नगरस्तरीय उप-समितिका पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएकोथियो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले  सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा जोड दिई थप रोजगारी सिर्जना र आफ्ना शेयर सदस्यहरुको जीवनस्तर माथि उठाउन सहयोग पुग्ने गरी कार्य गर्नु पर्नेमा जोड दिनुभयो ‌।

Leave a Reply