गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा कास्कूनद्वारा सहकारी अभिमुखीकरण कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौंको गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा काठमाडौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून) ले सो नगरपालिकास्तरीय अभिमुखीकरण कार्यक्रम हिजो सम्पन्न गरेको छ । कास्कूनको वार्षिक योजना अनुसार बेशींगाउँस्थित गोकर्णेश्वर नगरपालिकाको हलमा भएको उक्त कार्यक्रमको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुँँदै मेयर चालिसेले सहकारीहरु अब उत्पादन र सदस्यहरुलाई व्यवसायिक बनाउन लाग्नु पर्नेमा जोड दिदै गोकर्णेश्वर नगरपालिकाले सहकारीको विकास र प्रबर्द्धनमा हरदम सहयोग गर्ने बताउनुभयो । उहाँले गोकर्णेश्वर नगरपालिकाले आफ्नो नगरका नगरबासीहरुको सक्षमताका लागि गरेको कृषि, महिला आत्मनिर्भरता जस्ता कार्यक्रममको बारेमा अनुभव पनि सुनाउनु हुदै सहकारीहरु कुरा मात्र गरेर बस्न नहुने शिघ्र काममा जोडिनु पर्ने भन्दै कास्कूनले हाम्रो यस नगरपालिकासँंग समन्वय गरेर बचत ऋण सहकारी संस्थाहरुलाई सक्षम बनाउनका लागि अग्रसरता देखाएकोमा कास्कून परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो । गोकर्णेश्वर नगरपालिका भित्र सञ्चालनमा रहेका विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुका ४० जना प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता गर्दै कास्कूनका अध्यक्ष दीपक पनेरुले सो अवसरमा मन्तव्य व्यक्त गर्नु हुँँदै मेयर चालिसेले सहकारीहरु अब उ सत्रको समापन मन्तव्य राख्दै संघका अध्यक्ष दिपक पनेरुज्यूले बचत तथा ऋण सहकारी संस्थाहरुको प्रबर्द्धन गर्ने उद्देश्यले कास्कूनका कार्यक्रमहरु दैनिक जसो भइरहेको छन् र ती कार्यक्रममा संस्थाहरुको उल्लेख्य सहभागिता रहेको भन्दै अवको समय पूर्ण सुशासन , गुणस्तरीयता र दीगोपनाको रहेको र त्यसका लागि काठमाडौंका सबै पालिकाहरुसँग समन्वय र साझेदारी गर्न कास्कून तयार रहेको बताउनुभयो । त्यस कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का सचिव गोविन्द काफ्लेले कास्कून हिजोका दिनमा भन्दा व्यवस्थित , व्यवसायिक र क्षमतावान हुँदै गएको भन्दै यस जिल्लाका सबै नगरपालिकासँगको समन्वयमा सञ्जालमा आवद्धता, सहकारीहरुको जोखिम न्युनिकरण र दीगोपनाका लागि यस्ता कार्यक्रम आयोजना गर्ने काम गरेकोमा कास्कून र सहभागी संस्थाहरुप्रति प्रशन्नता व्यक्त गर्नुभयो । सोही कार्यक्रममाा त्यसैै कास्कूनकोे ईतिहास, बस्तु तथा सेवा र योजनाका बारेमा संघका व्यवस्थापक अरुण कुमार तिवारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको नियमन, अनुगमन र कार्यक्रमका बारेमा आफ्नो भनाई व्यक्त गर्दै सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले सहकारी संस्थाहरुलाई जिल्ला बचत तथा ऋण सहकारी संघमा आवद्ध भएर सहकारी संस्थाको क्षमता विकास गरी सहकारीको दीगोपना, तरलता व्यवस्थापन र सुशाशनका लागि लाग्न अनुरोध गर्नु भयो । सोही कार्यक्रममा कास्कूनका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले आफ्नो प्रस्तुतीकरण सहित सहभागीहरुका जिज्ञासाको जवाफ दिनु भएको थियोो।

कास्कूनका सचिव शालिकराम पुडासैनीलेसञ्चालन र कोषाध्यक्ष निरञ्जन सेढाईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उप-मेयर उपप्रमुख शान्ति नेपाल , सोही नगरपालिकाका प्रशासन प्रमुख टंकनाथ घिमिर र आर्थिक विकास शाखा प्रमुख दीपक थापा , नेफ्स्कूनका सञ्चालक न्हुछेनारायण श्रेष्ठ तथा कास्कूनका सञ्चालकद्वय रीता श्रेष्ठ र देवनारायण चौलागाँईको उपस्थिति रहेको थियो ।

चावहिलमा मुख्य कार्यालय तथा कलंकी र गोंगबुमा सेवाकेन्द्र सञ्चालन गरिरहेको कास्कूनमा ८०० सदस्य र रु.१ अर्व १५ करोड कूल कारोवार रहेको बताइएको छ ।

यसैगरी नेफ्स्कून – कास्कूनको साझेदारीमा यही फागुन ६ र ७ गते नेफ्स्कूनको चाहिल सेवाकेन्द्रको कार्यालयमा आन्तरिक लेखा परीक्षण तालिम सञ्चालन भएको थियो । सी.ए. विनोद फुँयालले सहजीकरण गर्नु भएको त्यस तालिममा २१ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply