काठमाडौंका ७ साकोस प्रोबेशन कार्यक्रममा आबद्ध

0 Shares
काठमाडौंको गोंगबु तथा आसपाास क्षेत्रमा सञ्चालनमा रहेका ॐ साइराम बचत तथा ऋण सहकारी संस्था लि., सत्कार बचत तथा ऋण सहकारी संस्था लि., फोकस बचत तथा ऋण सहकारी संस्था लि., श्री राधास्वामी बचत तथा ऋण सहकारी संस्था लि., नौलखा बचत तथा ऋण सहकारी संस्था लि., बेथानचोक नारी सचेतना बचत तथा ऋण सहकारी संस्था लि. र उद्देश्य बचत तथा ऋण सहकारी संस्था लि.  नेफ्स्कूनद्वारा  साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम प्रोबेसनमा आबद्ध भएका छन् । मंगलबार नेफ्स्कूनको गोंगबु फिल्ड कार्यालयमा आयोजित प्रोवेशन सम्झौता कार्यक्रममा नेफ्स्कून र ती संस्थाहरुका प्रतिनिधि बीच एकैसाथ सो विषयमा सम्झौता भएको थियो । त्यस अवसरमा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल , लेखा सुपरीवेक्षण समिति सदस्य सुशिलकुमार बस्न्यात , का.मु. प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेल, पूर्व प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद पाठक, सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र गोंगबु फिल्ड कार्यालय इन्चार्ज प्रकाश अधिकारीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नेफ्स्कूनका गोंगबु फिल्ड व्यावस्थापन उप-समिति संयोजक न्हुछेनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply