५ वर्षे रणनीतिक योजनालाई अन्तिम रुप दिने तयारी गर्दै उज्यालो संपद साकोस

0 Shares

काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ५ वर्षे रणनीतिक योजनालाई अन्तिम रुप दिने तयारी गरिरहेको जनाएको छ । सो संस्थाका कार्यकारी प्रमुख नविन नेपालले सहकारी सञ्जालसँग कुरा गर्दै ‘हाम्रो यस संस्थाको ५ वर्षे रणनीतिक योजनाको खाका (ड्राफ्ट) तयार भइसकेको छ , त्यसलाई सञ्चालक समितिको बैठकबाट अन्तिम रुप दिने तयारीमा छौँ हामी’ भन्नुभयो । उहाँले यही फागुन ७ गतेसम्म हाम्रो यस संस्थामा शेयर सदस्य संख्या २ हजार ४ सय ५३ , शेयर पूँजी रु.४ करोड ५७ लाख ३५ हजार , निक्षेप संकलन रु ३१ करोड ३९ लाख , कर्जा लगानी रु.२४ करोड २५ लाख , जगेडा तथा अन्य कोष रु.९० लाख र कूल कारोवार रु.३७ करोड ५१ लाख रहेको बताउनुभयो । कोभिड-१९ का कारण हाम्रोयो संस्थामा बृद्धि भएको तरलता व्यवस्थापन गर्ने तथा शेयर सदस्य , शेयर पूँजी र कारोवार बृद्धि गर्ने गरी कार्य भइरहेको उहाँको भनाई छ ।

२०७६ सालमा काठमाडौंका उज्यालो बचत तथा ऋण सहकारी संस्था लि. र संपद बचत तथा ऋण सहकारी संस्था लि. वीच एकीकरण भई उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि. बनेको थियो । २०७७ माघ ३ गते सोही संस्था र काठमाडौंको माकलबारीमा माकलबारी बचत तथा ऋण सहकारी संस्था लि. वीच संयुक्त साधारणसभाबाट ककरण भएको थियो । उक्त एकीकृत संस्थाको नाम उज्यालो संपदा बचत तथा ऋण सहकारी संस्था लि. रहेको छ । आफ्ना शेयर सदस्यहरुको हितलाई ध्यानमा राखी त्यस संस्थाले काठमाडौंको जोरपाटी- नारायणटार र माकलबारीमा १/१ वटाा गरी २ वटा सदस्य सेवाकेन्द्र सञ्चालन गर्नुका साथै बचत तथा ऋण कारोवारसँगै रेमिट्यान्स सेवा पनि प्रवाह गरिरहेको छ ।

आफ्नो स्थापना दिवसको अवसरमा आउदो चैतमा यस संस्थाले रक्तदान कार्यक्रम र आफ्ना शेयर सदस्यहरुका लागि सहकारी शिक्षा / तालिम सञ्चालन गर्ने योजना रहेको सोही संस्थाका कार्यकारी प्रमुख नेपालको कथन छ । सहकारी एकीकरणका लागि पनि पहल गर्दै हुनुहुन्छ कि भन्ने सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीको जिज्ञासाको जवाफमा उहाँले काठमाडौं र ललितपुरका ४/५ वटा सहकारी संस्थासँग सहकारी एकीकरणका लागि कुराकानी भइरहेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply