मिलीजुली कालिञ्चोक साकोसले आफ्ना शेयर सदस्यहरुको रु.५० हजार बराबरको दुर्घटना वीमा गर्ने

0 Shares

दोलखा सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुको प्रभु इन्स्योरेन्स कम्पनि लि. मार्फत रु.५० हजार बराबरको दुर्घटना वीमा गरी दिने गरी कार्य अगाडि बढाएको जनाएको छ । संस्थाको कुनै सदस्यको दुर्घटना , हुलदंगा वा आतंककारी हमलाबााट मृत्यु भएमा या अशक्त वा अंगभंग भएमा सो वीमाबाट रु.५० हजार भुक्तानी पाउने तर उक्त वीमा गर्न भने शेयर सदस्यले रकम भुक्तानी गर्न नपर्ने त्यसै संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर न्यौपानेको भनाई । यही फागुनको पहिलो साता सञ्चालक समितिका पदाधिकारी तथा कर्मचारीहरु लगायतको उपस्थितिमा सोही संस्थाका अध्यक्ष नारायणबहादुर श्रेष्ठ र प्रभु इन्स्योरेन्स कम्पनि लि.का चरिकोट शाखा प्रमुख मानबहादुर बटाला वीचत्यस सम्झौता-पत्रमा हस्ताक्षर भएको थियो ।

सहकारीको नीति र सिद्धान्तलाई आत्मसात गर्दै आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भई निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको सो संस्थामा २०७७ फागुनको पहिलो सातासम्म शेयर सदस्य संख्या २१ हजार ८ सय ५३ , बचत संकलन रु.८५ करोड ८२ लाख १२ हजार ७ सय ८६ , ऋण लगानी रु.९६ करोड ६६ लाख ६८ हजार ९ सय ७८ र कूल कारोवार रु.१ अर्ब २२ करोड १० लाख ८२ हजार ७ सय ७ रहेको जनाइएको छ ।

Leave a Reply