राष्ट्रिय सहकारी बैंक लि. ले पायो प्रदेश शाखा कार्यालय सञ्चालनको अनुमती

0 Shares

नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंक लि.लाई विराटनगर , जनकपुर , हेटौंडा , पोखरा , बुटवल , सुर्खेत र धनगढीमा प्रदेश शाखा कार्यालय सञ्चालनको स्वीकृति प्रदान गरेको जनाइएको छ । देश संघीय संरचनामा गएसँगै राष्ट्रिय सहकारी बैंक लि.ले प्रदेश शाखा कार्यालय सञ्चालनको अनुमतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पहल गर्दै आए पनि यही फागुन १२ गते मात्रै उक्त स्वीकृति प्राप्त गरेको हो । मुख्य कार्यालय सहित ६८ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रवाह गरिरहेको सो बैंकले सम्बन्धित प्रदेश आफ्ना शाखाहरुलाई सम्बन्धित प्रदेश कार्यालय मातहत राखेर समन्वय गर्न र शिक्षा , तालिम लगायतका प्रशासनिक कार्य गर्ने गरी चाडै नै आफ्नो ७ वटै प्रदेश शाखा कार्यालय सञ्चालनमा ल्याउने सोही बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताउनु भएको छ ।

२०७७ कार्तिकमा नेपाल राष्ट्र बैंकबाट २४ वटा शाखा कार्यालय सञ्चालन सञ्चालनको अनमती पाएसँगै त्यस बैंकले २०७७ फागुनको पहिलो साताभित्र आफ्ना थप २४ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो । त्यसैगरी उसले आर्थिक वर्ष २०७६/०७७ को कारोवारबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश प्रदान गरेको थियो ‌। १३ हजारको हाराहारीमा सहकारी संघ/ संस्था सदस्य रहेको उक्त बैंकमा शेयर पूँजी रु.२ अर्ब ८५ करोड , निक्षेप रु.५८ अर्ब र ऋण लगानी रु. ३० अर्ब रहेको बताइएको छ ।

त्यस बैंकले आफ्ना सदसयहरु वीच वित्तीय कारोबारसँगै तिनीहरुको संस्थागत विकास र प्रवर्द्धनका लागि शिक्षा/ तालिम सहित स्तरीकरण कार्यक्रम सञ्चालन गर्दै आएको त्यसै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईको भनाई छ ।

Leave a Reply