आधारशिला कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र भेरी नगरपालिका वीच सम्झौता

नेफ्स्कूनले स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्ने गरी अगाडि बढाएको आधारशिला कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र जाजरकोटको भेरी नगरपालिका वीच हिजो दिपक्षीय सम्झौता भएको खबर प्राप्त भएको छ । उक्त सम्झौता-पत्रमा भेरी नगरपालिकाााकक मेयर चन्द्रप्रकाश घर्ती र नेफ्स्कूनका बरिष्ठ अधिकृत नविनराज दाहालले हस्ताक्षर गर्नु भएको थियो ।
उक्त अवसरमा नेपाल सरकारको पन्धौं योजनामा सहकारीको दिगोपना , सवलीकरण र सुदृढीकरणको लागि ६ वटा रणनीति र २४ वटा कार्यनीति अनुरुप पाचौँ रणनीतिलाई सहयोग पु-याउने अभिप्राय राखी आधारशिला कार्यक्रममार्फत यस स्थानीय तहमा सञ्चालनमा रहेका सहकारी संघ/संस्थाहरुको जागरण, प्रवर्द्धन, विकास र सञ्जालीकरणको चरणगत विकासका लागि हाम्रो यो नगरपालिका उत्सुक रहेको भन्दै भेरी नगरपालिकाका मेयर घर्तीले यस दुर्गम तथा विकट क्षेत्रमा पनि नेफ्स्कूनको कार्यान्वयन उपस्थितिको सहकारी अभियानको सवलीकरणको अभ्यास हुने बताउनु भयो । यस क्षेत्रमा सहकारिताको अभ्यासमा कमी रहनुका साथै धेरै सहकारीलाई सञ्चालन, नीति नियम र व्यवस्थापन सम्बन्धी ज्ञानको अभाव रहेको बताउदै उहाँले यस क्षेत्रमा सहकारिताको अभ्यासलाई भेरी नदी जस्तै सङ्लो वनाउने दौरानमा भेरी नगरपालिकाको आर्थिक सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलवहादुर घर्तीले आधारशिला कार्यक्रम दुबै पक्षका लागि अवसर र अभ्यासको कदम भएकोले यो कार्यक्रमप्रति यस नगरपालिका कृतज्ञ रहनुका साथै यसको सफलताको लागि सदैव सहयोगी रहने बताउनुभयो । त्यसै अवसरमा नेफ्स्कूनका बरिष्ठ तालिम सहायक खिलनाथ लुइटेल लगायतले आधारशिला कार्यक्रमबारे पार्नु भएको थियो ।