रक्तदान कार्यक्रम आयोजना गरी मनायो स्मरण साकोसले आफ्नो १३औ स्थापना दिवस

0 Shares

काठमाडौं महानगरपालिका-२९, अनामनारमा रहेको स्मरण बचत तथा ऋण सहकारी संस्था लि.ले यही फागुन १५ गते रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो १३औं स्थापना दिवस मनाएको छ । नेपाल रेडक्रस सोसाइटी , केेेन्द्रीय रक्त सञ्चार केन्द्र , सोल्टीमोड , काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न  रक्तदान कार्यक्रममा ४१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । त्यसै अवसरमा रक्तदाताहरुलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

सोही संस्थाका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले अध्यक्षता , उपाध्यक्ष कुमारप्रसाद घिमिरेले स्वागत मन्तव्य र व्यवस्थापक निर्मलप्रसाद हुमागाईले सञ्चालन गर्नु भएको त्यस कार्यक्रमको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले उद्घाटन गर्नु भएको थियो । सोही अवसरमा मन्तव्य व्यक्त गर्दै उहाँले जुझारु युवा टिमले नेतृत्व गरेको यस स्मरण साकोस राम्रोसँग अगाडि बढेको देखिएको भन्दै कोभिड-१९ ले अस्तव्यस्त भएको बजार पुन: लयमा फर्किएकोले नआत्तिई काम गर्न्न आग्रह गर्नुभयो । त्यसै अवसरमा सोही संस्थाका सल्लाहकार नारायणप्रसाद शर्मा गैरे , कोशी पूूूूर्व बचत तथा ऋण सहकारी संस्था लि.की पूर्व अध्यक्ष रेणुका चौलागाई लगायतले त्यस संस्थाको उत्तरोतर  प्रगतिको कामना गर्नुभयो ।

आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको त्यस संस्थामा १,१६५ जना शेयर सदस्य्य र  ८०० जना नियमित बचतकर्ता रहेको बताइएको छ ।

Leave a Reply