हाम्रो साकोस २३औं वर्षमा प्रवेश

0 Shares

ललितपुरको  प्रयागपोखरीमा मुख्य कार्यालय तथा लगनखेल , चापागाउँ र गोटीखेलबाट सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. २३औं वर्षमा प्रवेश गरेको छ ।  सोही अवसरमा सो संस्थाले लाईन्स क्लव सहितका सामाजिक संस्थाहरुसँग सहकार्य गरेर यही फागुन १५ गते ललितपुरको मंगलबजारमा बृृृहतह रक्तदान कार्यक्रम  आयोजना गरेको जनाएको छ ।

२०५५ साल फागुन १३ गते तत्कालीन डिभिजन सहकारी कार्यालय , ललितपुरमा हाम्रो नमुना बचत तथा ऋण सहकारी संस्था लि.को रुपमा दर्ता भई सञ्चालनमा आएको त्यस संस्थाले २०७६ मंसिर ३० गते ललितपुरका हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लि.सेवक बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गरेको थियो । ती ३ संस्था वीच एकीकरण भएपछि एकीकृत संस्थाको नाम हाम्रो बचत तथा ऋण सहकारी संस्था लि राखिएको थियो भने संस्थाको मुख्य कार्यालय प्रयागपोखरीमा र लगनखेलमा सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याइएको थियो । यसैगरी यही २०७७ फागुन ७ गते ललितपुरको चापागाउँमा र फागुन ८ गते गोटीखेलमा सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ भने काठमाडौं बालाजुमा पनि सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याउनेे गरी तयारी भइरहेको सोही संस्थाका प्रबन्धक इन्द्र घिमिरेको भनाई छ ।

गुणस्तर बृद्धि गर्दै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको त्यस संस्थाले आफ्ना शेयर  सदस्यहरुलाई अत्याधुनिक वित्तीय सेवा , मोवाइल बैंकिङ्ग , ट्यवलेट बैंकिङ्ग , लघुवित्त कार्यक्रम , रेमिट्यान्स सेवा, सदस्य स्वास्थ्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको छ र आफ्ना शेयर सदस्यहरुलाई थप गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाह गर्न हाम्रो यो संस्था प्रतिबद्ध रहेको त्यसै संस्थाका अध्यक्ष शम्भुप्रसाद फुयालले बताउनु भएको छ ।

२०७७ मंसिर १३ -२७ गते आफ्नो २२औं एकीकृत वार्षिक साधारणसभा सम्पन्न गरेको उक्त संस्थामा आर्थिक वर्ष २०७६/०७७ को अन्तसम्ममा शेयर सदस्य संख्या ५ हजार ४ सय ३० जना , शेयर पूँजी रु.१४ करोड ६ लाख , निक्षेप संकलन रु.९७ करोड ५३ लाख र कर्जा प्रवाह रु.१ अर्ब ५ करोड ८० लाख रहेको बताइएको छ ।

Leave a Reply