राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार , मन्त्रीपरिषदको सिफारिसमा यही फागुन २३ गते आइतबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वर , काठमाडौंमा प्रतिनिधिसभाको आधिवेशन आह्वान गर्नु भएको छ । आज विहान बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले २०७७ फागुन २३ गतेका लागि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । यही फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगँ सोही दिनदेखि १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न आदेश जारी गरेको थियो ।