टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को महिला उप-समितको आयोजनामा अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र , पाटन अस्तालमा अवलोकन भ्रमण सम्पन्न

0 Shares

ललितपुर महानगरपालिका -२३, हात्तीवन- टेवाचोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.को महिला उप-समितिको आयोजनामा यही फागुन २१ गते १ दिने अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र , पाटन अस्पतालमा अवलोकन भ्रमण सम्पन्न भयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्य योजना  अन्तर्गत २०७५ सालबाट लैंगिक हिंसाबाट पीडित  व्यक्तिहरुको लागि स्वास्थ्य , सुरक्षा , मनो-सामाजिक परामर्श , कानुनी सहयोग , आवास , पुनर्स्थापना लगायतका आवश्यक सेवा प्रवाह गर्दै आइरहेको उक्त सेवाकेन्द्रले प्रदान गरिरहेको सेवाको बारेमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजक टेवा बहुउद्देश्यीय सहकारी संस्था लि.ले जनाएको छ । त्यस अवसरमा उक्त संस्थाकी सञ्चालक तथा महिला उप-समिति संयोजक नमुना थापाको अध्यक्षतामा अन्तर्किया कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा डा.सृजना कुँवरले सो केन्द्रले सञ्चालन गरिरहेको कार्यको बारेमा प्रकाश पार्नुभयो ।त्यसैगरी डा. सम्झना घिमिरे , डा. कश्यप श्रेष्ठ र फोकल व्यक्ति प्रतिक्षा नेपालले उक्त केन्द्रले प्रदान गरिरहेको सेवाको प्रकाश पार्दै टेवा बहुउद्देश्यीय सहकारी संस्थाका जागरुक महिलाहरुको टिम नै यो सेवाको जानकारी लिन आउनु भएको प्रति प्रशन्नता व्यक्त गर्दै यसबाट महिला हिंसा सम्बन्धी जनचेतनामूलक कार्य थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भएको थियो । २३ जनाको सहभागिता रहेको उक्त कार्यक्रमकी अध्यक्ष थापाले आजको यस अन्तर्क्रिया कार्यक्रममा प्राप्त भएको जानकारीबाट आफूले अन्य लैंगिक हिंसाबाट पीडित व्यक्तिहरुलाई यस ठाउँमा आउनको लागि उचित परामर्श दिन सक्ने क्षमतामा बृद्धि भएको बताउनुभयो ।

 

Leave a Reply