सहकारी विभागका रजिष्टार शर्माद्वारा पदभार ग्रहण

सहकारी विभागका नयाँ रजिष्टार लीलाप्रसाद शर्माले पदभार ग्रहण गर्नु भएको छ । बुधबार विहान उहाँलाई सहकारी विभागका कर्मचारीहरुले पुष्प गुच्छाले स्वागत गरेका थिए भने उहाँको स्वागतमा संक्षिप्त कार्यक्रम पनि आयौजना गरिएको थियो । उहाँ भूमि सम्बन्धी समस्या समाधान आयोगबाट सहकारी विभागमा सरुवा भएर आउनु भएको हो ।
रक्षा मन्त्रालयमा सरुवा भएका यस अघिका रजिष्टार डा. टोकराज पाण्डेलाई यही मंगलबार बिदाई गरिएको थियो । झण्डै २ वर्ष सहकारी विभागको रजिष्टार भएर कार्य गरेका डा.पाण्डेको सहकारी अभियानकर्मीहरु माझ राम्रो छवि बनेको छ ।