जिल्ला सहकारी संघ लि., ललितपुरको नयाँ भवन उद्घाटन

जिल्ला सहकारी संघ लि., ललितपुरको रु.४ करोड १७ लाख लागतमा निर्मित नयाँ भवनको यही फागुन २६ गते उद्घाटन गरियो । भारतीय दूताबासको आर्थिक सहयोग तथा ललितपुर जिल्ला समन्वय समितिको प्राविधिक एवं प्रशासनिक सहयोगमा निर्मित त्यस भवनको भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाले उद्घाटन गर्नुभयो । सो अवसरमा पूर्व गृह राज्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि., नेपालका पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा , बिघटित संविधानसभा सदस्य तथा पूर्व अर्थ राज्यमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता उदय शम्शेर राणा , ललितपुर जिल्ला समन्वय समितिका प्रमुख अम्बरबहादुर खड्का , ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले शुभ-कामना मन्तव्य व्यक्त उक्त सहकारी प्रवर्द्धन केन्द्रको सफलताको कामना व्यक्त गर्नुभयो । त्यसै अवसरमा जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष माधव दुलालले ‘ सहकारी प्रवर्द्धन केन्द्रका रुपमा स्थापना गरेको यस भवनलाई सहकारी विकास कार्यक्रम (CMDP) सँग सहकार्य गरी सहकारीका तरकारी तथा फलफूल , खाद्य पदार्थ लगायतका कृषि उत्पादनको बिक्री केन्द्रको रुपमा पनि प्रयोग गर्ने तयारी भइरहेको छ’ भन्नुभयो ।
उक्त अवसरमा सोही संघका नि:वर्तमान सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा व्यवस्थापकलाई सम्मान गरिएको थियो ।