‘सहकारीमा महिला समावेशीता’ विषयक गोष्ठि शुरु

भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोग र राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको आयोजनामा सहकारीमा महिला समावेशिता विषयक राष्ट्रिय गोष्ठि शुरु भएको छ । सोमबारसम्म चल्ने सो गोष्ठिको आज महिला , वालवालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले उद्घाटन गर्नु भयो । राष्ट्रिय सहकारी महासंघ लि.नेपालका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सञ्चालन भएको गोष्ठिमा राष्ट्रिय योजना आयोगका सदस्य तथा महासंघका सल्लाहकार उषा झा, सांसद डा. विमला राई पौडेल र महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । गोष्ठिमा सोही महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालक तथा राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.वी. उप्रेती, सञ्चालकद्वय अमृता सुब्बा र पद्मा गुरुङ, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायतले मन्तव्य व्यक्त गर्नुभयो । त्यसै महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सञ्चालन गर्नुभएको गोष्ठिमा महिला समावेशिताका लागि संघले गरेको प्रयास एवं चुनौतीका विषयमा राष्ट्रिय सहकारी बैंक लि. तथा विषयत केन्द्रीय सहकराी संघले प्रस्तुती गर्ने कार्यक्रम रहेको जनाइएको छ । देशभरबाट २ सय जना जना जति प्रतिनिधि सहभागी रहेको गोष्ठिमा महिला उद्यमी कमला सुवेदी र मल्लिका श्रेष्ठले आ-आफ्नो उद्यमको विषयमा जानकारी गर्ने कार्यक्रम रहेको बताइएको छ ।
पछिल्लो तथ्यांक अनुसार सहकारमिा ५६ प्रतिशत महिला सहभागीता रहेको छ ।
(NCF Nepal को सहयोगमा)