ख्याती प्राप्त साहित्यकार तथा त्रि.वि. नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख राजेन्द्र सुवेदीको निधन

0 Shares

त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख तथाा ख्याती प्राप्त साहित्यकार राजेन्द्र सुवेदीको आज काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा ७६ वर्षको उमेरमा निधन भएको छ । गोरखापत्र संस्थानका अध्यक्ष र महाप्रबन्धक समेत भएर कार्य गर्नु भएका सुवेदीले ३७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्नु भएको थियो । उहाँले काठमाडौंको कोटेश्वर क्याम्पसमा पनि क्याम्पस प्रमुखको रुपमा काम गर्नु भएको थियो  ।

जन्मथलो पाँचथर भएपनि उहाँको कर्मथलो भने पाँचथरमा कम र काठमाडौं उपत्यका लगायत रहेको थियो ।  नेपाली साहित्यको निबन्ध विधामा ख्याती कमाएका सुवेदीले निबन्धका अतिरिक्त कविता लगायतका विधामा पनि कलम चलाउनु भएको छ ।

उहाँको निधनप्रति लेखक , साहित्यकार तथा साहित्यमा रुची राख्ने लगायतले दु:ख व्यक्त गरेका छन् ।

 

Leave a Reply