हब को-अपरेटिभ सर्भिस लि.ले हब रेमिट सेवा सञ्चालनमा ल्याएको छ

–दक्ष पौडेल ‘सुबाष’ , सह-अध्यक्ष, राष्ट्रिय विकास बोर्ड
राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुबाष’ ले आफू अध्यक्ष रहेको हब को-अपरेटिभ सर्भिस लि. मा आबद्ध हुने सहकारी संघ/ संस्थाहरुलाई हब को-अपरेटिभ सर्भिस लि.को उत्पादन हब रेमिटको सेवा उपलब्ध गराउने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दैैै उहाँले ‘एउट मात्रै सहकारी बैंकले सबै सहकारी संघ/संस्थालाई सेवा प्रवाह गर्न नसकेकोले बैंकिङ्ग सेवा सहितको प्रस्तावित नेपाल सहकारी बैंक लि.स्थापनाको लागि आफू लागेेको प्रष्ट पार्नुभयो । राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक समितिले सहकारी नीति परिमार्जनको लागि तयार गरेको ड्राफ्ट र सहकारी रणनीति पारित गरेर मन्त्रालयमा पठाइएको छ’ उहाँको भनाई छ । राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष पौडेलसँग गरिएको कुराकानी यस प्रकार छ ।