सहकारीलाई हेर्नै सोचमा परिवर्तन गर्नु पर्दछ

– अमरावती महर्जन , सञ्चालक जिल्ला सहकारी संघ लि., काठमाडौं तथा अध्यक्ष , उपासना महिला साकोस,
जिल्ला सहकारी संघ लि.,काठमाडौंकी सञ्चालक अमरावती महर्जनले सहकारी शिक्षा कार्यक्रमलाई माथिदेखि तलसम्म व्यवस्थित ढंगबाट सञ्चालन गरी सहकारीलाई हेर्ने सोचमा परिवर्तन गर्नु पर्ने बताउनु भएको छ । सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राज्यले महिलाहरुले मात्रै सञ्चालन गरेका महिला सहकारी संस्थाहरुलाई विशेष सहुलियत दिनु पर्नेमा जोड दिनुभयो । उपासना महिला साकोसकी अध्यक्ष समेत रहनु भएकी महर्जनले ‘समुदायमा आधारित रहेर सञ्चालन भइरहेको उपासना महिला साकोसले सदस्यहरुलाई बचत र उत्पादनमूलक कार्यमा लाग्न जोड दििएको छ’ भन्नुभयो । उहाँसँग गरिएको कुराकानी यस प्रकार छ ।