एकाधिकार तोड्न ३/४ वटा सहकारी बैंक आउनु पर्दछ

0 Shares

गोविन्दप्रसाद शर्मा केन्द्रीय सह-अध्यक्ष , नेशनल को-अपरेटर्स एलायन्स तथा कार्यकारी अध्यक्ष ,माउण्ट धौलागिरि , बहुउद्देश्यीय सहकारी संस्था लि., रिङ्गरोड अन्नपूर्ण चोक , काठमाडौंं

 

 

अर्को सहकारी बैंक आउँदा राष्ट्रिय सहकारी बैंक लि.लाई कुनै अशर पर्दैन । लोकतन्त्रमा ऐन र नियमावली अनुसार नेपाल सहकारी बैंक लि.नयाँ दर्ता भएको छ र यो स्वीकृतिको प्रक्रियामा छ ।

नेपाल सहकारी बैंक लि. पनि आउनु पर्दछ र सञ्चालन भइरहेको राष्ट्रिय सहकारी बैंक लि.पनि चल्नु पर्दछ । बजारमा ३/४ वटै सहकारी बैंक आए भने बल्ल सहकारी संस्थाहरुले प्रतिस्पर्धात्मक सुविधा पाउने छन् । अहिलेको एकाधिकार तोड्नको लागि नयाँ सहकारी बैंक ल्याउन लागिएको छ । त्यसमा सबैले साथ दिनु पर्दछ ।

नेपाल सहकारी बैंक लि. नेपाली काँग्रेसको र राष्ट्रिय सहकारी बैंक लि.नेकपा(एमाले) को भन्ने गलत हल्ला चलाइएको छ ‌‌। त्यो हल्लाको पछि लाग्नु हुदैन । ३ खम्बै अर्थनीति अनुसिर देशको अर्थतन्त्र उकास्न ७५३ वटै पालिकामा सहकारीको पहुँच बिस्तार गर्न ४/४ वटै सहकारी बैंक आवश्यक पर्दछ भन्ने मान्यता हाम्रो रहेको छ । एउटामा सबैले कारोवार गर्न सकेका छैनन् । त्यसैमा पनि राष्ट्रिय सहकारी बैंक लि.ले नेपाल राष्ट्र बैंकबाट सिमित बैंकिङ्ग सुविधा पाएको छ । नेपाल राष्ट्र बैंकबाट पूर्ण बैंकिङ्ग स्वीकृत सहितको सहकारी बैंकहरु आउनु पर्दछ ।  सहकारी बैंकमा कोही व्यक्तिमा खराबी भएमा त्यस्ता व्यक्तिलाई साधारणसभाबाट परिवर्तन गर्न सकिन्छ । यसमा केही व्यक्तिले आफ्नो पेवा जस्तो ठानेका छन् । त्यो गलत हो ।

 

 

Leave a Reply