७ वटै प्रदेशमा सहकारीको अनुगमन र प्रबर्द्धन गर्ने संघीय कार्यालय स्थापना हुनु आवश्यक छ

0 Shares

माधबप्रसाद जोशी , सञ्चालक , नेफ्स्कून

 

सुदूर पश्चिम प्रदेशमा २,३६३ वटा जति सहकारी संस्था क्रियाशील छन् । यहाँका सहकारी संस्थाहरुको अलिकति प्रगति भएको छ र उनीहरु प्रविधितर्फ उन्मुख भएका छन् ।

यो प्रदेशमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को धनगढीमा सेवाकेन्द्र तथा कञ्चनपुर र डडेलधुरामा १/१ वटा फिल्ड कार्यालय सञ्चालनमा छन् । यिनले यस प्रदेशमा रहेका साकोसहरुको स्तरीकरण गर्ने कार्य गरिरहेका छन् ।

राज्यले सहकारीको अनुगमन र प्रवर्द्धन गर्न देशका ७ वटै प्रदेशमा संघीय कार्यालय स्थापना गर्नु आवश्यक छ ‌। संविधानमा राज्यको अर्थतन्त्रको ३ खम्बा मध्ये सहकारीलाई एउटा खम्बा भनेर उल्लेख गरेक भएपनि त्यस अनुसार सहकारीका लागि राज्यले बजेट विनियोजन गरेको छैन । अर्थ मन्त्रालयले सहकारीका लागि आवश्यक पर्ने निश्चित बजेट विनियोजन गर्नु पर्दछ र स्थानीय तहहरुलाई पनि सहकारीका लागि आवश्यक निश्चित बजेट छुट्याउन निर्देशन दिनुपर्छ ।

Leave a Reply