२ नं.प्रदेशमा सहकारी गतिविधि राम्रोसँग अगाडि बढिरहेको छ

0 Shares

ध्रुब नारायण यादब , सञ्चालक , राष्ट्रिय सहकारी बैंक लि.

 

२ नं.प्रदेशमा सहकारी गतिविधि राम्रोसँग अगाडि बढिरहेको छ । यहाँ ७ हजार जति सहकारी संस्था छन् । सहकारी संस्थाहरु मार्फत ५० हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त भएको छ ।

२ नं. प्रदेश सरकारले पनि सहकारीको प्रवर्द्धनको लागि राम्रो सपोर्ट गरिरहेको छ । यसैक्रममा उसले सहकारी संघ/संस्थाहरुलाई ४ सय वटा कम्प्युटर प्रदान गरेको छ भने कोभिड-१९को त्रासदीपूर्ण बेलामा सहकारी संस्थाहरुबाट ऋण लिएका अति नहाजुक आर्थिक अवस्थाका कारण ऋण तिर्न नसकेका ८० हजार गरिव किसान सदस्यहरुको ऋण तिर्ने व्यवस्था गरेको छ । यसका लागि उसले छुट्याएको रु.३६ करोड मध्ये रु.२६ करोड भुक्तानी भई सकेको छ भने बाँकी रु.१० करोड पनि भुक्तानी हुने क्रममै छ ।

२ नं. प्रदेश सरकारले सहकारी मैत्री सहकारी ऐन जारी गर्न लागेको छ । यो जतिसक्तो छिटो जारी हुने क्रममा छ ‌।

बाराको कलैया र सिमरा , सप्तरीको राजविराज , सिराहाको लाहान , धनुषाको जनकपुर , महोत्तरीको बर्दिबास , सर्लाहीको हरिवन , रौतहटको चन्द्रनिगाहपुर र पर्साको वीरगञ्जमा गरी यो प्रदेशमा राष्ट्रिय सहकारी बैंक लि.का ९ वटा शाखा कार्यालय सञ्चालनमा छन् । यो प्रदेशमा यस बैंकमा २ हजार सदस्य छन् । यो बैंकको हरेक जिल्लामा रु.३ करोडदेखि रु.६ करोडसम्म शेयर पूँजी छ ।

यस प्रदेशमा सहकारी अभियानले प्रदेश सरकार र पालिकाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रम गरेर ६४औं राष्ट्रिय सहकारी दिवस मनाउदै छ ।

संविधानमा भएको व्यवस्था अनुरुप राष्ट्रिय अर्थतन्त्रको ३ खम्बामध्ये सहकारीलाई एक खम्बा भनेर उल्लेख गरे पनि सो अनुसार सहकारीको प्रबर्द्धनको लागि न आवश्यक बजेट विनियोजन भएको छ न सो अनुरुपको नीति र कार्यक्रम नै आएको छ । त्यसैले सरकारले ३ खम्बे अर्थनीति अनुसार सहकारीका लागि आवश्यक बजेट छुट्टयाउनुपर्छ र सोही अनुरुपको नीति र कार्यक्रम बनाएर कार्यान्वयन गर्नु पर्दछ ।

Leave a Reply