सहकारीको प्रवर्द्धनको लागि ललितपुर महानगरपालिकााले आवश्यक कर्मचारी व्यवस्था गर्न तयार छ : मेयर महर्जन

0 Shares

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ‘ललितपुर महानगरपालिकाले सहकारीको प्रवर्द्धनको लागि आवश्यक कर्मचारी व्यवस्था गर्न तयार छ तर रिजल्ट राम्रो आउनु पर्छ’ भन्नु भएको छ । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर महानगरपालिकाको समन्वय र ललितपुर जिल्ला ६४औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजनामा महालक्ष्मीस्थान स्थित जिल्ला सहकारी संघ लि., ललितपुरको नवनिर्मित भवनमा शुक्रबार सम्पन्न अन्तर्किया कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उहाँले ‘जिल्ला सहकारी संघ लि., ललितपुरले आफ्नो नवनिर्मित भवनमा कृषि बजार शुभारम्भ गर्न लागेको देख्दा खुशी लागेको तर ललितपुरकै कुमारीपाटीमा रहेको गुडविल साकोस डुब्ने अवस्था आएको देख्ता दु,:ख लागेको बताउनुभयो । जिल्ला सहकारी संघ लि., ललितपुरका अध्यक्ष तथा ललितपुर जिल्ला ६४औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका अध्यक्ष माधब दुलालले  कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला सहकारी संघ लि.,ललितपुरको गतिविधिको  चर्चा गर्नुभयो । ऊहाँले अरुतिरको तुलनामा ललितपुर जिल्लामा सहकारी अभियान राम्रो सँग अगाडि बढिरहेको छ तर यसमा सन्तोष मान्ने सक्ने अवस्था भने बनिनसकेको बताउनुभयो । सो अवसरमा राष्ट्रिय सहकारी महासंघका लि.का संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटाले सहकारीका ७ सिद्धान्त व्यवहारमा पालना गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले एकल ढंगबाट गरिने सहकारी अनुगमनबाट राम्रो नतिजा आउदैन भन्दै सहकारी विभाग , विकास बोर्ड , महासंघ र केन्द्रीय संघका प्रतिनिधि तथा जिल्लामा जिल्ला संघका प्रतिनिधिले संयुक्त रुपमा अनुगमन गरियो भने मात्रै सहकारी संस्था सुशासनमा जान सक्ने बताउनुभयो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाकी उप-मेयर गीता सत्यालले

सहकारी क्षेत्रले धेरै नेता जन्माएको बताउनुभयो । त्यसै कार्यक्रममा ललितपुर महानगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रलाल डंगोलले ललितपुर महानगरपालिका रहेका सहकारी संस्थाहरुको अवस्थाको बारेमा प्रस्तुती गर्नु भएको थियो । उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ लि.का नायब महाप्रबन्धक बाबुल खनालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यपत्र माथि सहभागीहरु वीच छलफल गरी सुझाव संकलन गरिएको थियो । कार्यक्रममा ललितपुरका सहकारी संघ)संस्थाहरुमा कार्यरत सहकारीकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

शुक्रबार साँझ नै सोही दिवसको अवहरमा ललितपुरका सबै सहकारी संघ/संस्थाले दीप प्रज्वलन गरेका थिए ।

 

स्वागतम साकोस र सुर्वणपुर ब.सहकारी संस्थाले गरे चियापान कार्यक्रम

 

६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरको चापागाउँदोबाटो चोकमा रहेको सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. र ललितपुरकै सुनाकोठीमा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा शुक्रबार चापागाउँदोबाटोचोक  स्थित संगम स्विटमा चियापान कार्यक्रम सम्पन्न भयो ।   राष्ट्रिय सहकारी महासंघका संस्थापक अध्यक्ष दीपक प्रकाश बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , सोही संघका बरिष्ठ उपाध्यक्ष जगतलाल महर्जन ,  राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाई ,

बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका लेखा सुपरीबेक्षण समिति सदस्य तथा सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दीपेन्द्र रमण डंगोल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दुबै संस्थाका सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति तथा उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

 

Leave a Reply