हामी एन.जी.ओ.मुखी नभई सहकारी अभियानमुखी हुनु पर्दछ

0 Shares

देबकी नेपाल , अध्यक्ष , रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

 

रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. २४औं वर्षमा अगाडि बढिरहेको छ ‌। २३ वर्षसम्म घाटामा गएको  यो संघमा हाम्रो टिम आएसँगै यो नाफा गएको छ र गत आर्थिक वर्ष यसले आफ्ना सदस्यहरुलाई ६ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ । यो उपलब्धी स्वरुप: हामीले सदस्यहरुको विश्वास प्राप्त गर्न सकेका छौं , जसले गर्दा यस संघको शेयरमा १० गुणा तथा बचत र कारोवार दोब्बर बृद्धि भएको छ । यस जिल्लामा रहेका १३३ वटा सहकारी संस्थामध्ये ५८ वटा बचत तथा ऋण सहकारी संस्था छन् । ती मध्ये यस वर्ष ६ वटा थप भएर ५५  वटा संस्था रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सदस्य छन् र बाँकी संस्थालाई पनि यस संघको सदस्य बनाउने छौं ।

हामीलेे सरकारसँग लविङ र एड्भोकेसीको कार्य गर्ने र   नीति , विधि र प्रविधिलाई आफ्ना सदस्यसम्म पु-याउने पुलको रुपमा काम गरिरहेका छौं । हामीले सहकारी विभाग , राष्ट्रिय सहकारी विकास बोर्ड , राष्ट्रिय सहकारी महासंघ , नेफ्स्कून तथा  प्रादेशिक मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेका छौं । राष्ट्रिय सहकारी महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा हामीले यस संघको ४ वर्षे रणनीतिक योजना तय गरेका छौं । यो रणनीतिक योजनामा सदस्यता विस्तार , प्रदेश तथा सबै स्थानीय तहसँग समन्वय गरी संस्थाहरुमा सुशासन कायम गर्न र नेतृत्व विकास गर्ने गरी प्रशिक्षण , सहकारी शिक्षा/ तालिम , गोष्ठि, अन्तर्क्रिया जस्ता कार्यक्रम गर्ने छ ।

नेफ्स्कूनसँग जिल्ला संघ साझेदारी कार्यक्रममा हाम्रो यो संघले पनि साझेदारी गरेर कार्यक्रम गरिरहेका छौं ‌, जुन कार्यक्रममा नेफ्स्कूनको साझेदारी उप-समितिमा मलाई सदस्य बनाइएको छ । त्यसको लागि नेफ्स्कूनप्रति म आभार प्रकट गर्दछु ।

नेफ्स्कूनको आधारशिला कार्यक्रममा चन्द्रपुर नगरपालिकासँग सम्झौता गर्न हाम्रो यो संघ सफल भयो र त्यो आधारशिला कार्यक्रम सञ्चालन भयो । जिल्ला बचत तथा ऋण सहकारी संघसँगको सहकार्यमा नेफ्स्कूनले स्थानीय तहसँग साझेदारी गरेर सञ्चालन गर्ने त्यस कार्यक्रमका लागि स्टाफ भर्ना गरिएको छ ।

२०७७ चैत १८ र १९ गतेे नेपाल सरकार ,  सहकारी विभागको कोपोमिस तालिम रौतहटमा सञ्चालन भएको छ ।

हामीले स्थानीय तहहरुसँग समन्वय गरेर विभिन्न कार्यक्रम गरेर ६४औं राष्ट्रिय दिवस मनाउदै छौं ।

हामीले एन.जी.ओ.मुखी अथवा भनूँ पैसामुखी नभई सहकारी अभियानमुखी हूनु पर्दछ । राष्ट्रिय अर्थतन्त्रको तीन खम्बा मध्येको एक खम्बा सहकारी भन्ने नीति व्यवहारमा कार्यान्वयन हुनु पर्दछ ।

 

Leave a Reply