सहकारीमा बेथीति अन्त्यका लागि सहकारी शिक्षाको आवश्यकता छ : प्रधानाङ्ग

६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा बर्तमान सहकारी ऐन , कानुन र त्यसको सान्दर्भिकता विषयक अन्तर्क्रिया कार्यक्रम भक्तपुर बैंक्वेंटमा २०७७ चैत २० गते सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)का पूर्वअध्यक्ष एवंम् सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गले कार्यक्रमको उद्घाटन गर्दे पद, पैसा र पहुँचका आधारमा सञ्चालित सहकारी संस्थाहरुमा चरम बेथीति रहेको कारण जनताको बचत जोखिममा रहेको बताउनुभयो । उहाँले सहकारी ऐन पाँच पटक बनी सक्दा पनि सहकारीमा बेथीति रोक्न नसकेकोमा खेद व्यक्त गर्दै आम जनतामा सहकारी शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुले बर्तमान सहकारी ऐन कानुन र त्यसको सान्दर्भिकता विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यवहारिक कानुन मात्र कार्यान्वयनमा आउने भएकोले अव्यवहारिक कानुनहरुको सुधारका लागि सरोकारवाला पक्षको ध्यान आर्कषण गर्दे आएको बताउनुभयो । उहाँले सहकारी मर्यादित व्यवसाय हुदाँ हुर्दै पनि अमर्यदित गतिविधिले प्रशय पाएकोमा चिन्ता व्यक्त गर्दै अमर्यादित ढंगबाट सञ्चालित सहकारी संस्थाहरुलाई मर्यादित बनाउन ऐन बमोजिम कार्वाही गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसैगरी नेफस्कूनकी सञ्चालक मन्दरा भिश्रले सहकारी ऐनको परिपालना गर्न गराउनमा नेफ्स्कून लागिपरेको बताउर्दै स्थिरिकरण कोषलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न ऐन संशोधन तथा परिर्माजनको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै जिल्ला सहकारी संघ लि.,भक्तपुरका उपाध्यक्ष कुष्णबहादुर घजुले सहकारी दिवसको चर्चा गर्दे सहकारीका सञ्चालक र व्यवस्थापकहरु एवंम कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको बताउनुभयो । त्यस्तैगरी भक्तपुर जिल्ला कृषि सहकारी संघ लि.का अध्यक्ष सनिश लागेजुले सहकारीलाई उत्पादनसंग जोडेर लानुपर्ने आवश्यकता औंल्याउनुभयो । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रतिनिधि एव सोही नगरपालिका वडा नं.२ का वडा अध्यक्ष हरिप्रसाद वासुकलाले भक्तपुुर नगरपालिकाले सञ्चालन गरिरहेको सहकारी गतिविधिबारे चर्चा गर्दै जनतालेे अस्वीकार गरेको अव्यवहारिक ऐन कानुन संशोधनमा भक्तपुर नगरपालिका सकारात्मक रहेको विचार व्यक्त गर्नु भयो भने भक्तपुर जिल्ला बचत तथा ऋण संघ लि.का नि:बर्तमान अध्यक्ष राधेश्याम सुवालले सहकारी दिवसको लागि तय गर्ने नाराको सार्थकताबारे अभियानले समीक्षा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । त्यसै संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीलाई जे बुझ्यो , त्यही ढंगबाट सञ्चालन गर्दा समस्या आएकोले सहकारीको नियमानकारी निकायले संघ सहितको अनुगमनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । सोही संघका व्यवस्थापक बालकृष्ण धोजुले सो कार्यक्रम सञ्चालन गर्दै सहकारी संघ, संस्था र नियमनकारी निकायको समेत सहभागितामा भएको अन्तरक्रिया कार्यक्रमले सहकारीमा बेथीति रोक्न आम जनसमुदाय, सहकारी सञ्चालक, सहकारीका सदस्य र नियमनकारी निकायलाई सहकारी शिक्षा तथा तालिमको आवश्यकता बोध गराएको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा सदस्य संस्थाबाट १३० जनाको सहभागिता रहेको थियो ।