मर्यादित र वातावरणमैत्री व्यवसाय सञ्चालन गर्न सहकारीले भूमिका खेल्न सक्छ

0 Shares

कल्पना श्रेष्ठ , अध्यक्ष , मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

 

 

मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा १३९ वटा संस्था सदस्य छन् भने यसमा शेयर पूँजी रु.३ करोड ५० लाख र कूल कारोवार रु.५१ करोड जति छ ।

हामी कोभिड-१९ को कहरभित्र र कोभिड-१९ को कहर कम भएपछि नियमित गतिविधि सञ्चालन गरिरहेका छौं । स्थानीय तहहरुको साझेदारीमा कार्यक्रम गर्ने, सहकारी संस्थाहरुको अनुगमन गर्ने , नियमित अन्तर-लगानी गर्ने , समस्या आउदा त्यसको निराकरण गर्न एड्भोकेसी गर्ने काम गरिरहेका छौं । नेफ्स्कून- संघ साझेदारी कार्यक्रम अन्तर्गत साझेदार कार्यक्रम गरिरहेका छौं । सदस्य संस्थाहरुलाई नियमित रुपमा स्टेशनरीका सामाग्री विक्री वितरण गर्ने कार्य पनि गरिरहेका छौं । जिल्ला सहकारी संघ लि., मकवानपुर तथा विषयगत संघहरुको सञ्जालसँग पनि समन्वय गरेर काम गरिरहेका छौं ।

हामीले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा उप-महानगरपालिका भित्र रहेका ६ वटा आश्रममा फलफुल तथा खाद्यान्न वितरण गर्ने काम ग-यौं । यसैगरी ६४औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ उल्लेखित व्यानर सबै सहकारी संस्था राख्न लगायौं भने साँझ दीप प्रज्वलन गरियो । हाम्रो यस संघले आफ्ना १३९ वटै सदस्य संस्थाको अहिले वित्तीय अवस्था , वित्तीय लगानी र सामाजिक कार्यहरुको प्रोफाइल २०७७ चेत २० गते प्रकाशन गरेका छौं ।

अबको सन्दर्भमा सहकारीले नयाँ आयामको रुपमा बचत तथा ऋण कारोवार तथा उत्पादन र बजारीकरणमा पनि विशेष कार्यक्रम बनाएर भूमिका निर्वाह गर्नु पर्दछ । सहकारी व्यवसायलाई निजी व्यवसाय जस्तो मुनाफामुखी मात्र नभइकन ६४औं राष्ट्रिय सहकारी दिवसको नारामा उल्लेखित मर्यादित शब्दलाई पनि मध्यनजर गर्दै भोलिको पुस्तामा यो पृथ्वीको सत्व हस्तान्तरण गर्न सकिने तवरले मर्यादित र वातावरणमैत्री व्यवसाय सञ्चालन गर्न सहकारीले भूमिका खेल्न सक्छ । ‌त्यसैले सहकारीले नविनतम प्रविधिहरुको उपयोग गरेर छिटो , छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जरुरी छ । यसतर्फ सबैको ध्यान केन्द्रित हुनु आवश्यक छ ।

 

Leave a Reply