झोले सहकारी संस्था खारेज हुनु पर्दछ

0 Shares

जवाहरलाल कुसवाहा , सचिव , सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

 

सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा १२४ वटा सहकारी संस्था सदस्य छन् । तीमध्ये ९४ वटा संस्थाले यस संघमा नियमित कारोवार गरिरहेका छन् । हाम्रो यो संघमा ७० लाख जतिको कारोवार रहेको अवस्था छ र यसलाई बढाएर चालु आर्थिक वर्षको अन्तसम्मा रु.१ करोडभन्दा माथि कूल कारोवार पु-याउने लक्ष्य छ ।

यस संघले फरक- फरक ठाउँमा आफ्नो घुम्ती बैठक गर्ने र सहकारी संस्थाहरुलाई सुशासनमा लाने गरी कार्य गरिरहेको छ । हाम्रो यो संघले सहकारी एकीकरणलाई पनि प्रोत्साहन गरिरहेको छ । यसैक्रममा ४ वटा संस्था एकीकरण भए भने अरु पनि एकीकरण हुने क्रममा छन् ।

राष्ट्रिय सहकारी बैंक लि.र नेफ्स्कूनसँग समन्वय गरेर  हामीले यो वर्ष ४ वटा तालिम सञ्चालन ग-यौं । संस्थाहरुलाई सुशासनमा लान सहयोग पुग्ने गरी यस संघले आफै पनि बेला- बेलामा सहकारी तालिम शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राज्यले ६४औं राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ लाई सार्थक बनाउनु परो । झोले सहकारी संस्था खारेज हुनु परो । स्थानीय तहलाई सहकारी दर्ता , अनुगमन लगायतका कार्य गर्ने जिम्मा दिइएको छ तर त्यो सवल छैन किनभने सर्लाहीका कतिपय स्थानीय तहमा न त सहकारी हेर्ने कर्मचारी छन् न त सहकारी रेखदेख गर्ने कुनै संयन्त्र नै छ । त्यसैले यस सिस्टमलाई परिवर्तन गर्नु परो । राज्यले सहकारीलाई सानो संख्यामा लाने भनेर भनिरहेको छ । सहकारी संस्थामा २,००० सदस्य हुनु पर्ने तथा एउटा गाउँमा उस्तै प्रकृतिको एउटा मात्रै सहकारी हुनु पर्ने ऐनमा व्यवस्था छ तर स्थानीय तहले एउटा गाउँमा उस्तै प्रकृतिको एउटा भन्दा बढी सहकारी संस्था दर्ता गर्ने परिपाटी छ । यसले अन्यौलता सृजना गरेको छ । यस्तोमा राज्यको नजर पुग्नु परो र यो अन्यौलतालाई हटाउनु परो । राज्यको नियमनकारी निकायले सहकारी अनुगमनलाई प्रभावकारी बनाउनु परो । यस्ता कुरा परिवर्तन भएमा मात्रै सहकारी संस्था सवल हुन सक्छ ।

 

Leave a Reply