सहकारीका सञ्चालक र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्नुपर्छ

– राजेश पण्डित , अध्यक्ष , पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.
पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मा २०३ वटा संस्था सदस्य भएपनि पछिल्लो पटक १३३ वटा संस्थाले मात्रै सदस्यता नवीकरण गरेका छन् । यस संघको २०७७ फागुन १५ गते सम्पन्न चुनावी साधारणसभाबाट म- अध्यक्ष , असगर अलि अन्सारी- वरिष्ठ उपाध्यक्ष , राकेश यादव- उपाध्यक्ष , जिष्णु बराल-महासचिव , प्रभाकार कुमार गुप्ता-सचिव , नगनारायण सिंह , भगवती शर्मा- महिला सदस्य तथा अरुणकुमार शाह , गिरीराज कँडेल , कुन्दनप्रसाद पाल र विजयकुमार गुप्ता सदस्य रहेको सञ्चालक समिति र राजेन्द्रप्रसाद जैसवाल-संयोजक , हृदयनारयण शाह र मनोज गुप्ता सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन भएर यसमा आएपछि यो संघको ३ वटा बैठक बसिसकेको छ । बैठकबाट आन्तरिक कार्यविधि बनाउने निर्णय भएको छ भने यो संघ र संस्थाहरुलाई मजबुत बनाउनको लागि ४ वर्षे रणनीतिक योजना निर्माण गर्ने तयारीको लागि यसै संघका महासचिव जिष्णु बरालको नेतृत्वमा उप-समिति बनाइएको छ र त्यो उप-समितिले आफ्नो काम अगाडि बढाएको अबस्था छ । त्यस्तै हाम्रो यो संघको बैठकले सल्लाहकार तथा शिक्षा उप-समिति , अनुगमन उप-समिति , सूचना तथा सञ्चार उप-समिति र ऋण असुली उप-समितिमा पदाधिकारी तथा सदस्य नियुक्त गर्ने निर्णय गरेको छ ।
हामीले यस संघको नेफ्स्कूनमा रु.२ लाख ६० हजार जतिको शेयरलाई बढाएर रु.४ लाख पु-याउन सफल भएका छौं ।
६४औं राष्ट्रिय सहकारी दिवसमा -याली निकाल्ने योजना थियो तर कोभिड-१९ को जोखिमका किरण स्थानीय प्रशासनले २५ जना भन्दा बढी भेला हुन नपाउने भनी सूचना जारी गरेकाले सबै कार्यक्रम स्थगित ग-यौं र सहकारी दिवसको अवसरमा मानव सेवा आश्रममा रहेका अनाथ बालबालिकाहरुलाई एक छाक खाना बराबरको जम्मा रु.६,१०० हस्तान्तरण ग-यौं ।
सहकारी अभियानलाई सवल बनाउन सबभन्दा पहिला उनीहरुको सञ्चालक र कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रम गर्नु परो । त्यसको लागि सहकारी शिक्षा तालिम , गोष्ठि , सभा , सेमिनार , देश विदेशको अवलोकन भ्रमण गर्नु परो , संघबाट उनीहरुको कार्यको अवलोकन गर्नु परो र सहकारी विभागबाट जारी भएको निर्वेशन पालना भए नभएको अनुगमन गर्नु परो ।