सूर्य सुवेदी नेतृत्वको हाम्रो संयुक्त प्यानललाई मतदान गर्न अनुरोध गर्दछु

– कृष्णप्रसाद ढुंगेल , खुल्ला सदस्य पदका उम्मेद्वार , नेपाल पत्रकार महासंघ , काठमाडौं शाखा
२०७७ चैत २५ गते नेपाल पत्रकार महासंघको केन्द्रदेखि जिल्ला शाखाहरुको निर्वाचन हुदैछ । कतिपय प्रदेश तथा जिल्ला शाखामा निर्विरोध पदाधिकारी तथा सदस्य चयन पनि भएका समाचार प्राप्त पनि प्राप्त भएका छन् । उक्त महासंघको केन्द्रमा प्रेस युनियन , प्रेस सेन्टर तथा प्रेस चोतारी(खनाल-नेपाल समूह) सहित ११ वटा संगठनको गठबन्धनको तर्फबाट विपुल पोख्रेल र प्रेस चौतारी(ओली समूह सहित) गठबन्धनको तर्फबाट निर्मला शर्माको नेतृत्वमा छुट्टाछुट्टै प्यानल तथा पत्रकार गजेन्द्र बुढाथोकी अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार हुनुहुन्छ । चुनावी मैदानमा छन् पत्रकार । उम्मेद्वारहरु मतदाता समक्ष मत मागिरहनु भएको छ ।
यता नेपाल पत्रकार महासंघ, काठमाडौं शाखामा पनि पत्रकारहरुका फरक-फरक प्यानल चुनावी मैदानमा छन् । त्यसमध्येको प्रेस युनियन , प्रेस सेन्टर , प्रेस चौतारी (खनाल-नेपाल समूह) सहित संगठनहरुको तर्फबाट सूर्य सुवेदीले नेतृत्व गरेको प्यानलबाट लामो समयदेखि सत्याग्रह साप्ताहिक तथा मध्यान्ह राष्ट्रिय दैनिक लगायतसँग सम्बद्ध तथा पछिल्लो समय सहकारी सञ्जाल मासिकका प्रकाशक/कार्यकारी सम्पादक एवं sahakarisanjal.com का प्रकाशकको रुपमा कार्य गरिरहनु भएका पत्रकार कृष्णप्रसाद ढुंगेल पनि खुल्ला सदस्य पदको उम्मेद्वार हुनुहुन्छ । सो पदको उम्मेद्वारीको विषयमा केन्द्रित रहेको उहाँसँग छोटो कुराकानी गरिएको छ । जो यस प्रकार छ ।