नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको टिम अगाडि, काठमाडौं शाखाको अध्यक्ष सूर्य सुवेदी विजयी ,

नेपाल पत्रकार महासंघको ३ वर्षे कार्यकालका लागि यहीी चैत २५ गते सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। यस बेला सम्मको घोषित नतिजा अनुसार विपुल पोखरेल नेतृत्वको प्रेस युनियन , प्रेस सेन्टर , प्रेस चौतारी(खनाल-नेपाल समुह) सहितको संयुक्त प्यानलका अधिकांश उम्मेद्वार अगाडि रहेको बताइएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको मतगणना गएराती सम्पन्न भएको छ । जस अनुसार सदस्य पदका उम्मेदवार लक्ष्मणदेव पाण्डे बाहेक सूर्य सुवेदी नेतृत्वको प्रेस युनियन, प्रेस सेन्टर , प्रेस चौतारी(खनाल-नेपाल समुह) सहितको संयुक्त प्यानल विजयी भएको छ भने एक सदस्य पदमा भने प्रेस चोतारीकी रीना श्रेष्ठ विजयी हुनु भएको छ । अध्यक्ष पदमा सूर्य सुवेदीले ७१३, उपाध्यक्ष पदमा रामचन्द्र दुलाल’भाञ्जा’ले ४६२ , महिला उपाध्यक्ष पदमा अप्सरा गौतमले ५८८ , सचिव पदमा महेश्वर गौतम ४३३ , सह-सचिव पदमा अर्जुन डोटेल ५८२ , कोषाध्यक्ष पदमा अजित अधिकारी ५८७ तथा खुल्ला सदस्य पदमा कमल राई ५८० , कृष्णप्रसाद ढुंगेल ४१३ , कृष्णराज गौतम ४१५ , बुद्ध योञ्जन लामा ४५१ , रीना श्रेष्ठ ३८७, रमेशकुमार बोहोरा ४६७ ,रमेश लामिछाने ३८० र शैलेश डंगोल ३७१ , दलित सदस्यमा शोभा नेपाली ७२८ , महिला सदस्यमा शोभा अर्याल ५६१, मधेशी सदस्यमा मिनाकुमारी यादब ६६५ , आदिवासी जनजाती सदस्यमा सुवाषकुमार सुनुवार ‘मुखिया’ ४९७ र समावेशी सदस्यमा दीपक काफ्ले ५२९ मत प्राप्त गरी विजयी हुनु भएको छ । देशभरका शाखाहरु मध्ये सबैभन्दा बढी सदस्य रहेको त्यस शाखामा शाखाको चुनावमा १,२४४ मत खसेको थियो भने अध्यक्षमा विजयी सुवेदीले निकटतम प्रतिद्वन्दी प्रेस चौतारी नेतृत्वको संयुक्त प्यानलका मोहन पन्तलाई ३७६ मतान्तरले पराजित गर्नु भएको थियो
सो शाखाका सदस्य पदमा विजयी कृष्णप्रसाद ढुंगेल भने सत्याग्रह साप्ताहिक लगायतसँग सम्बद्ध हुनुका साथै सहकारी सञ्जाल मासिकका प्रकाशक/कार्यकारी सम्पादक र sahakarisanjal.com का प्रकाशक हुनुहुन्छ ।
झापा , ललितपुर सहितका जिल्ला शाखाहरुमा प्रेस यूनियन , प्रेस सेन्टर , प्रेस चौतारी(खनाल- नेपाल समूह) सहितको संयुक्त मोर्चा विजयी भएको छ भने भोजपुर , पर्शा लगायतका जिल्लामा प्रेस चोतारी नेतृत्वकौ प्यानल विजयी भएको जनाइएको छ ।