एक व्यक्ति- एक सहकारीको नीतिलाई खारेज गर्नुपर्छ

– राजकुमार लघु , अध्यक्ष , ख्वप बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुर
ख्वप बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुरका अध्यक्ष राजकुमार लघु सहकारी ऐन,२०७४ मा उल्लेखित भएको एक सहकारी-एक सदस्यको प्रान संशोधन गर्नु पर्नेमा जोड दिनुहुन्छ । भक्तपुरको सहकारी अभियानमा सक्रियतापूर्वक लागिरहनु भएका लघुसँग सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीले समसामयिक छोटो कुराकानी गर्नु भएको छ । जो यस प्रकार छ ।
१. भक्तपुरमा सहकारी अभियान कसरी अगाडि बढेको पाउनुभएको छ र यसमा सुधार गर्नुपर्ने केही देख्नुभएको छ कि ?
~ भक्तपुरमा सहकारी अभियान राम्रोसँग अगाडि बढिरहेको छ । यहाँ क्रियाशील रहेका जिल्ला सहकारी संघ लि.,भक्तपुर र भक्तपुर जिल्ला कृषि सहकारी संघ लि. भन्दा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी गतिविधि धेरै अगाडि छ । यस संघमा १९७ बटा बचत तथ सहकारी संस्था आवद्ध छन् । यो संघ समुदाय आधारित संस्थाको विकास विस्तार तथा हक हितको निम्ति शिक्षा तालिम, सूचना र अभियानलाई निरन्तर जोड दिई अगाडि बढिरहेको छ । म पनि भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अन्तर्गत वित्तीय प्रवर्द्धन सेवा उप-समिति (ऋण उप-समिति) मा रही विगत ३ बर्षदेखि कार्यरत छ । समुदायमा आधारित नरहेका बजारिया सहकारी संस्थाहरुले सहकारी ऐनलाई पालना गरिहेका छैनन् । ऐन नियमले अनुमती दिएकोभन्दा बढी व्याज असुली गरिरहेका छन् । समुदायको उत्थान र हकहितभन्दा नाफामुखी भएर चलिरहेका छन् । तिनीहरुलाई ऐनको परिधिभित्र ल्याउन सकिएको छैन । तसर्थ: धेरै बचतकर्ताको र निक्षेपकर्ताको रकम डुव्न सक्छ । विगतम ओेरियन्टल लगायतका यस्ता बजारिया संस्थाले जनताको अरबौं निक्षेप उठाई भागेको हामीले देखेका छौ, भोगेका छौं । सहकारी संस्थाहरुले ऐन र नियम अनुसार गतिविधि गरिरहेका छन् कि छैनन्- सम्वन्धित निकायले नियमित अनुगमन गर्न‘पर्ने देखिन्छ । सहकारी संस्थाको विकास विस्तारमा अफ्ठ्यारा हुने सहकारी ऐनका केही प्रावधानहरु तत्कालै संशधोन गर्नुपर्ने देखिन्छ । एक व्यक्ति- एक सहकारी नेपालको संविधान प्रदत्त आर्थिक हक प्रतिकूल पनि छ र अव्यवहारिक पनि छ । ।
२.ख्वप साकोसको गतिविधि के कस्तो छ ? यसको शेयर सदस्य, शेयर पूँजी, निक्षेप, कर्जा लगानी र कुल कारोवार कति छ ?
~ ख्वप बचत तथा ऋण
सहकारी संस्था लि.,भक्तपुर समुदाय आधारित सहकारी संस्था हो । यस संस्थाको स्थापना वि.सं.२०६४ साल भाद्र १५ गते आर्थिक रुपमा क्रियाशिल २५ युवाहरुको मेहनत र लगनशीलताबाट भक्तपुर नगरपालिका हाल वडा नं २ साविक वडान १० व्यासीमा भएको हो । व्यासी विश्वप्रसिद्ध ख–प्याखँका गुरु र कलाकार भएको ठाउ‘ हो । ख–प्याखँ नाच लक्षणको नाच हो । महाभारत रामायणको कथा बस्तुमा आधारित यो नाच भक्तपुरका प्रमुख दवलीहरुमा महिनौँ लगाएर देखाइन्छ । त्यतिमात्र होइन व्यासी टोल किसानहरुको बाहुल्यता भएको ठाउँ हो । तसर्थ: यसका संस्थापकहरु किसानका छोराछोरीहरु र ख–प्याखँका कलाकारहरुका नयाँ पुस्ता हुन् । ख्वप साकोसको प्रमुख उद्देश्य सदस्यहरु बीच छरिएर रहेका रकम संकलन गरी ऋण प्रवाह गर्ने र शेयर सदस्यहरुको आर्थिक , सामाजिक, सांस्कृतिक र शैक्षिकस्तर उकास्न प्रयत्न गर्ने हो । संस्थालाई समुदाय आधारित नमूना सहकारीको रुपमा विकास गर्ने हो । तसर्थ: हाम्रा गतिविधि सदस्य र समुदायमा आधारित छन् । २०७६ पुष २६ गते सम्पन्न संस्थाको १२ औँ गरिमामय साधारणसभाले मेरो अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन ग¥यो । तत्पश्चात केही महिनापछि नै नेपाल मात्र होइन विश्व नै कोरोना महामारीबाट आक्रान्त भयो । २०७७ श्रावण २४ गते बार्षिक कार्यक्रम तय गर्नको निम्ति हामीले विषयगत समिति, उप-समिति र सञ्चालक सदस्यहरु बीच अभिमुखीकरण कार्यक्रम सञ्चालन ग¥यौं । त्यस भेलाबाट तय भएका कार्यक्रमहरु बिस्तारै सञ्चाालन भइरहेको छ । संस्थाले यस वर्षको १३ औं वार्षिक साधारणसभा स्वास्थ्य मापदण्ड -२०७७ लाई पालना गरी सम्पन्न ग¥यो । महामारीलाई निमिटयान्न पार्न स्यानिटाइजर तथा हायण्ड वास तथा साबुन बनाउने तालिम, झोल साबुन बनाउने तालिम, जेष्ठ सदस्यहरुको सिन्धुली जिल्लाको कुश्वेश्वर महादेवमा सास्कृतिक तथा धार्मिक अध्ययन अवलोकन भ्रमण तथा बनभोज कार्यक्रम र किसानहरुलाई अनुदानको रासायनिक मल निरन्तर वितरण गरिहेका छौंँ । संस्थाको त्रिवर्षिय रणनीतिक योजना बनाई अगाडि बढने प्रयास भइरहेको छ । संस्थाबाट निरन्तर रूपमा बचत निक्षेप संकलन र शेयर सदस्यहरुलाई ऋण प्रवाह भइरहेको छ । ख्वप साकोसमा शेयर सदस्य संख्या १,६०७ , शेयर पूँजी रु.१ करोड २४ लाख ४५ हजार निक्षेप रु.१२ करोड ७२ लाख ५ हजार ९ सय २४ , कर्जा लागानी रु.१० करोड ८ लाख ३३ हजार ५ सय ६१. र कूल कारोबार रु.१४ करोड ७८ लाख ८७ हजार ५१ रहेको छ ।
३.तपाईँको संस्थाको थप कार्यक्रम के छन् ?
~संस्थाले सञ्चालक समिति, उ-पसमिति र सदस्यको क्षमता अभिवृद्धि हुने शिक्षा तथा तालिम कार्यक्रम निरन्तर कार्यान्वयन र सञ्चालन गर्दै आएको छ र यसलाई निरन्तर गर्ने योजना तय भएको छ ।
४. ६४ औ राष्ट्रिय सहकारी दिवसको संघारमा उभिरहँदा नेपालको सहकारी अभियानको विकासको लागि सरकारले के गर्न¬पर्ला ?
~सहकारी दिवसको अवसर पारी भक्तपुरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले नियमित रुपमा सहकारीी सम्वन्धी जानकारीमूलक कुराहरु सहकारी ऐन,२०७४, स्थानीय निकाय ऐन र प्रदेश ऐनमा सुधार गर्नेपर्ने कुरालाई प्लेकार्डमा अङ्कित गरी ¥यालीमा विभिन्न संघ आवद्ध सहकारी संस्थालाई आवद्ध गरी सभा र प्रवचन कार्यक्रम गरिरहेको छ । त्यही मञ्चबाट सङ्घीय सहकारी ऐन, प्रदेश सहकारी ऐन र स्थानीय तह सहकारी ऐनमा संशोधन गर्नु पर्ने कुराहरु अभियानको विकास र सुधार गर्नु पर्ने कुरा उठाईरहेको छ । जिल्ला संघ सहकारी संघ संस्थाको छाता संगठन हो । यसले समय समयमा सहकारी संस्थाहरुसँग अन्तरक्रिया , प्रवचन गोष्ठी गरी सल्लाह सुझाव संकलन गरी सरकार र नेफस्कुन लगायतका सम्वन्धित संघ र निकायलाई घच्घचाउने कार्य गरिरहेको छ । सहकारी ऐनमा एक व्यक्ति- एक सहकारीको नीतिलाई खारेज गर्नुपर्छ । कामगरी खाने तल्लो बर्गको हितको निम्ति सञ्चालित सहकारी संस्थामाथि बढी करको भार थपेको छ, त्यो घटाइनु पर्छ ।
६. सहकारी ऐन, २०७४ संशोधन गर्ने गरी कार्य भइरहेको सुनिन्छ । यसमा संशोधन गर्नु पर्ने प्रावधान के हो जस्तो लाग्छ तपाइलाई ?
~सहकारी ऐनमा निम्न कुराहरु सुधार गर्नुपर्ने देखिन्छ ।
क. सहकारी ऐन , २०७४ मा एक व्यक्ति- एकै सहकारीमा मात्र सदस्य हुन पाइने प्रावधान अव्यवहारिक छ । खारेज गरिनुपर्छ ।
ख. सहकारी ऐन ,२०४८ मा कर्मचारी नियुक्तिको बन्दोबस्त थियो तर २०७४ सालको ऐनमा छैन । ऐन संशोधन गरी थप्न आवश्यक छ ।
ग. सहकारी ऐनमा सल्लाहकारहरूको नियुक्ति कुरो छैन सुधार गर्नुपर्छ ।
घ. २,००० (दुई हजार) बराबर १ सहकारी कुन आधारमा तोकिएको नियावलीमामा स्पष्ट छैन । त्यो स्पष्ट हुनुपर्दछ ।
ङ. महानगरपालिकामा सहकारी दर्ता गर्दा एउटा मात्र वडा कार्यक्षेत्र अव्यवहारिक छ । ऐनमा त्यसलाई संशोधन गर्न आवश्यक छ ।
च) सहकारीमा व्याजदर साधारणसभाले तोक्नु पर्नेमा रजिष्टारलाई अधिकार दिइएको छ । त्यसलाई संशोधन गर्नु आवश्यक छ ।
ज) संस्थाको विधटन गर्ने अधिकार रष्टिारलाई दिनु गलत छ ।
झ) ऐनका राम्रो कुरा कर्जा सुचना केन्द्र, ऋण असुली न्यायधीकरण र कालो सूचीको व्यवस्ता जस्ता संस्थालाई आवश्यक व्यवस्थाको कार्यान्वन तत्काल गर्नुपर्ने देखिन्छ ।
७. अन्तमा केही भन्नु छ कि ?
~नेपालमा सहकारी आन्दोलनको विकासमा दत्तचित्त भएर लागौं । सहकारी ऐनमा संशोधन गर्नुपर्ने कुराहरु अभियानमार्फत आवाज बुलन्द गरौं । ६४ औ राष्ट्रिय सहकारी दिवस तथा आउदै गरेको नव वर्ष २०७८ सालको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु , साथै महामारीको रुपमा फैलिरहेको कोभिड –१९ बाट बच्न स्वास्थ्य मापदण्डलाई अनुशासित ढङ्गले पालना गरौँ भन्न चाहन्छु ।