शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.द्वारा निर्मित विश्रामस्थलको भयो उद्घाटन

–ईश्वर ढुंगेल
काठमाडौंको न्युरोडमामा मुख्य कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं.२ ,भंगालस्थित कालिका पार्कमा आन्तरिक पर्यटकहरुको लागि निर्माण गरेको विश्रामस्थल (गोलघर) र फलामे बेञ्चको यही चैत २४ गते उद्घाटन भएको त्यसै संस्थाका सञ्चालक/ सूचना अधिकारी अर्जुन विश्वकर्माले बताउनु भएको छ ।
सो संस्थाले आफ्नो ११औं बार्षिकोत्सवको
अवसरमा आयोजित बिभिन्न कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वमा निहीत मध्येको उक्त विश्रामस्थलको सोही संस्थाका अध्यक्ष नरेन्द्र विष्ट र बुढानिलकण्ठ नगरपालिका वडा नं.२ का वडा अध्यक्ष राजेन्द्र खड्काले संयुक्त रुपमा रिबन काटी समुद्घाटन गर्नुभयो । सो अवसरमा वडा अध्यक्ष खड्काले ‘शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि. बाट गरिएको यस्ता सामाजिक कार्यबाट आफू अत्यन्त खुसी भएको र यस्ता उदाहरणीय कामप्रति हाम्रो यस वडा र वडावासी सबैको तर्फबाट यो संस्थाको उत्तरउत्तर प्रगतिको कामना र शुभकामना सहित आगमी दिनमा संस्थालाई हरक्षण साथ र सहयोग गर्न प्रतिबद्धता गर्दछु’, भन्नुभयो । त्यसैगरी त्यसै संस्थाका अध्यक्ष नरेन्द्र विष्टले उक्त संस्थाले सञ्चालन गरिरहेको गतिविधिको बारेमा प्रष्ट पार्नु हुदैन कार्यक्रममा उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।


त्यस अवसरमा फोहोर ब्यवस्थापनको लागि डस्बिनहरु पनि सोही पार्क ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । त्यस अवसरमा बुढानिलकण्ठ नगरपालिकाका सल्लाहकार , त्यसै वडाका वडा सदस्यहरु तथा चपली महिला महासंघका प्रतिनिधि लगायतको पनि उपस्थिति रहेको थियो ।
त्यस संस्थाले आफ्नो ११औं वार्षिकोत्सव तथा ६४ओेै राष्ट्रिय सहकारी दिवसको अवसरमा यही चैत २० गते अवसरमा भक्तपुर नगरपालिका वडा नं १, सृजनानगर रहेको सहारा हेरचार केन्द्रमा खाद्य सामग्री वितरण गरेको थियो ।
