गुडविल साकोसका सञ्चालक समितिका सबै प्रकाउ

रु.८० करोड जति रकम ठगी गरेको अभियोगमा गुडविल बचत तथा ऋण सहकारी संस्था लि., कुमारीपाटी , ललितपुरका अध्यक्ष दिवाकर श्रेष्ठ चितवनबाट गत शनिवार पक्राउ परेसँगैै सो संस्थाका सञ्चालक समितिका बाँकी सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । त्यस संस्थाका शेयर सदस्यहरुले महानगरीय प्रहरी परिसर , ललितपुरमा दिएको उजुरीका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको हो । उजुरीकर्ताहरुले दाबी गरेको करिव रु.८० करोड भन्दा बढी ठगी गरेको हुन सक्ने आशंका प्रहरीको रहेको जनइएको छ
उक्त संस्था समस्यामा परेपछि शुरुमा त्यस संस्थाका शेयर सदस्यहरुले ललितपुर महानगरपालिका र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ढोका ढक्ढक्याएका थिए । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि बजगाईले उनीहरुसँग समस्या समाधानका लागि छलफल पनि गर्नु भएको थियो तर छलफलबाट समस्या समाधान हुने अवस्था बन्न सकेन । ‘त्यो संस्था समस्यामा परेको जानकारी समयमै पाएको भए समस्या समाधान गर्न आवश्यक पहल गर्न सकिन्थ्यो तर अवस्था धैरै बिग्रिएपछि थाहा पाएकोले हामीले त्यस बारेमा यसै गर्न सकिन्छ भनेर केही भन्न अवस्था छैन’ , त्यसै संघका अध्यक्ष बजागाईले भन्नु भएको थियो ।
बढी व्याजको प्रलोमनमा परी अन्य सहकारी संस्थाहरुबाट समेत पैसा निकालेर त्यहाँ जम्मा गर्नै सदस्यहरु समेत मारमा परेको देखिएको छ ।
यता राज्यको नियमनकारी निकायले सहकारी अनुगमन र नियमनलाई प्रभावकारी भनाई सहकारीमा बेला बखत हुने गरेका यस्ता ठगीका घटना घट्न नसक्ने अवस्था निर्माण गर्नु पर्नेमा सहकारी अभियानकर्ताहरुले जोड दिइरहेका छन् ।