नेपाल पत्रकार महासंघको यो निर्वाचनबाट अग्रगमनको जीत भएको छ : विपुल पोखरेल

0 Shares

नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेललेे आफ्नो टिमले सबै पत्रकारहरुको मर्म र भावना अनुसार काम गर्ने बताउनुभएको छ । यही चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिबद्धता सहितको विचार व्यक्त गर्दै अध्यक्ष पोखरेलले नेपाल पत्रकार महासंघको यो निर्वाचनबाट शान्ति र अग्रगमनको जीत भएको बताउदै श्रमजीवी पत्रकारको हक हितको लागि सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘मेरो टिमले निर्मला शर्मा र गजेन्द्र बुढाथोकीका एजेण्डालाई पनि समावेश गरी अगाडि बढ्ने छ’, उहाँको भनाई थियो । त्यसै अवसरमा सोही महासंघकी अध्यक्ष पदकी पराजित उम्मेद्वार निर्मला शर्माले सो महासंघको नवनिर्वाचित टिमलाई बधाई दिदै यो टिमलाई आफ्नो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ऊहाँले नेपाल पत्रकार महासंघमा शुद्धिकरण र सुदृदीकरण हुनु पर्ने बताउदै यो महासंघ अन्य पेशा व्यवसायीको नभई पत्रकारहरुको महासंघ हुनु पर्नेमा जोड दिनुभयो । 

शनिवार राती निर्वाचनको नतिजा सार्वजनिक गरिएको  थियो , जस अनुसार नेपाल पत्रकार महासंघको निर्मला शर्मा नेतृत्वको संयुक्त प्यानलबाट एक सदस्यका उम्मेद्वार बाहेक बाँकी सबै पदमा विपुल पोखरेल नेतृत्वको संयुक्त प्यानलका उम्मेद्वार विजयी भएका छन् ।

 

 

 

Leave a Reply