आजबाट नव वर्ष २०७८ शुभारम्भ , कोरोना कहर कै वीच २०७७ को भयो बिदाई

0 Shares

नव वर्ष २०७८ को उपलक्ष्यमा हाम्रा शेयर सदस्य ज्यूहरु , कर्मचारीहरु ,सुभेच्छुक तथा सम्पूर्ण देशबासीहरुमा सुख , शान्ति , सुस्वास्थ्य तथा उत्तरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं

……………………………………………………………..

आजबाट नव वर्ष २०७८ शुभारम्भ भएको छ ‌। कोरोना भाइरसको त्रासका वीच शुभारम्भ भएको नव वर्ष २०७८ सुखद रहोस् भनी स्वदेश तथा देश बाहिर रहेका नागरिकहरुले कामना गर्दै एक अर्कामा शुभकामना आदान प्रदान गरिरहेका छन् । आज धारा , कुवा , पधेरा , नदी तथा तलाउमा गएर स्नान गर्ने क्रम पनि जारी छ भने रिडीं लगायतका देशका कतिपय स्थानमा मेला लाग्ने क्रम पनि चलिरहेको छ भने मानिसहरु घुमफिर गर्ने , भेला भएर नाँचगान गरेर रमाइलो गर्ने कार्य पनि हुदैछन् ।  सरकारले भने कोरोनाको संक्रमण बढ्दै गएकोले सुरक्षित रहेर गतिविधि गर्न आग्रह गरिरहेको छ ।

नव वर्ष २०७८ शुभारम्भ भएको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन , प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली , प्रधानन्याधीश चोलेन्द्र शमशेर ज.ब.रा. , सभामुख अग्निप्रसाद सापकोटा , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना  पूर्व राजा ज्ञानेन्द्र शाह ,, भूतपूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा , भूतपूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , भूतपूर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल , माधवकुमार नेपाल , डा.बाबुराम भट्टराई , लोकेन्द्रबहादुर चन्द तथा भूतपूर्व प्रधानन्यायधीश खिलराज रेग्मी , विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ , जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्त ठाकुर र उपेन्द्र यादव , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल , नेकापा (माले) का महासचिव सीपी मैनाली , नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ,नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे ‘ रोहित’, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.  रा.प्र.पा. का अध्यक्ष कमल थापा लगायतले शुभकामना व्यक्त गर्नु भएको छ ‌। यसैगरी प्रदेश प्रमुखहरु , प्रदेशहरुमा मुख्यमन्त्री , पालिका रु प्रमुख तथा उप-प्रमुखले पनि नव वर्ष २०७८ को शुभकामना व्यक्त गर्नु भएको छ ।

यता भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फू , सहकारी विभागका रजिष्टार लीला शर्मा , राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेल ‘सुबाष’ , राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष मिनराज कँडेल , राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्ष के.बी. उप्रेती , नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारी , नेपाल केन्द्रीय कृषि सहकारी संघ लि.का अध्यक्ष खेम पाठक , राष्ट्रिय सहकारी विकास बोर्डका सल्लाहकार तथा सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेल , बागमती प्रदेश सहकारी महाशाखाका रजिष्टार विक्रम पाण्डेय , बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. का उद्धव सापकोटा  लगायत विभिन्न सहकारी संघ/संस्थाहरुका अध्यक्ष तथा विभिन्न उद्योग तथा व्यवसायिक संघ/संस्थाका अध्यक्ष/ प्रमुख लगायतले नव वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उता कोरोना कहर कै वीच शुभारम्भ भएको २०७७ साल कोरोना त्रासकै वीच बिदा भएको छ । यो वर्ष सुखद भन्दा धेरै दु:खद घटनाहरु घटे । यो साल धेरैको घर उजाडियो तर थोरै मान्छेहरुको जीवन भने सडकपतिबाट करोडपतिमा रुपान्तरण पनि भयो ।

कोरोना भाइरसले धेरै नागरिकहरुको आर्थिक अवस्था नहाजुक भइरहदा सहकारी संघ/संस्थाहरुले भने उनीहरुलाई सकेको मद्दत गरे र त्यो क्रम अहिले पनि जारी नै छ । त्यही कारण नागरिकहरुमा सहकारीको महत्व झन बढेर गएको देखिएको छ ‌।

नव वर्ष २०७८ को उपलक्ष्यमा सहकारी सञ्जाल परिवार सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर।ले ।

………………………………………………………………..

Leave a Reply