आफ्ना नावालक सदस्यहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने तयारी गर्दै चमेली कल्याणकारी साकोस , बिरुवा

भक्तपुरको सुर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. ले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सो संस्थामा आवद्ध नावालक सदस्यहरुलाई २०७८ बैशाख ४ गते विहान ७:३०- १०:०० बजे शैक्षिक सामग्री वितरण गर्ने तयारी भइहेको जनाइएको छ । श्री कुलमाया भगवती माध्यमिक विद्यालय, बिरुवा, भक्तपुरमा उक्त शैक्षिक सामग्री वितरण गरिने भएकोले नावालक सदस्य र अभिभावकलाई पासबुक सहित उपस्थित हुन अनुरोध गरेको त्यसै संस्थाले जनाएको छ ।
यसैगरी उक्त संस्थाको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा यही चैत २६ गतेदेखि २८ गतेसम्म होटल हेवेन हिलमा ३ दिने संस्थागत विकास तालिम सम्पन्न भएको जनाइएको छ ।
यता त्यस संस्थाले आर्थिक वर्ष २०७६/०७७ को कारोवारबाट प्राप्त गरेको नाफाबाट नियमित कारोवार गर्ने आफ्ना शेयर सदस्यहरुलाई संरक्षित पूँजी कोषको रकम बितरण गरेको बताएको छ । यस संस्थाको १८औं वार्षिक साधारणसभाले पारित गरेको नीति अनुरुप शेयर सदस्यहरुलाई उहाँहरुले संस्थामा गरेको नियमित बचत र ऋणको ब्याज भुक्तानी गरेको आधारमा यो कोषको रकम बाँडफाड गरिएको र त्यस वापत रु.रु.१५ लाख ४५ हजार भुक्तानी गरेको त्यसै संस्थाका व्यवस्थापक सुदर्शन चौलागाईंको भनाई छ ।
६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर यही चैत २० गते आफ्ना ज्येष्ठ शेयर सदस्यहरुलाई धार्मिक स्थलको भ्रमण गराएको उक्त संस्थाले विभिन्न क्षेत्रमा विस्तारित मञ्च भेला आयोजना गरी शेयर सदस्यहरुसँग अन्तर्किया र छलफल गर्नुका साथै आफ्नो वार्षिक योजना निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । त्यस्तै त्यस संस्थाले नव वर्ष २०७८ को वार्षिक भित्ते पात्रो पनि प्रकाशन गरेको छ ।