समाचार शुभप्रवा साकोसले ल्यायो क्युआर पेमेन्ट सेवा सञ्चालनमा 4 years ago Newsdesk ShareTweet+10 Shares काठमाडौंको चावहिल- चुच्चेपाटीमा मुख्य कार्यालय र न्युरोडमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.लेे क्युआर कोड पेमेन्ट सेवा सञ्चालनमा ल्याएको छ । सो संस्थाका कार्यकारी प्रमुख फडिन्द्रकुमार खड्काले उक्त सेवाको यही बैशाख ८ गते उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले हाम्रो यस संस्थाले आर्थिक कारोवारलाई समय सापेक्ष बनाउदै र आधुनिक प्रविधिलाई आत्मसात गर्दै लगी आफ्ना शेयर सदस्यहरुलाई प्रविधि मार्फत नगद रहित वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले क्युआर कोड पेमेन्ट सेवा सञ्चालनमा ल्याएको बताउनुभयो । सोही अवसरमा त्यसै संस्थाका कर्मचारीहरुको उपस्थितिको रहेको थियो । सुशासनलाई जोड दिदै निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको त्यस संस्थाले वित्तीय सेवासँगै आफ्ना शेयर सदस्यहरुलाई आफ्नै नामको एटीएम (ATM) कार्ड मार्फत एटीएम(ATM) सेवा र शुभप्रवा स्मार्ट एप मार्फत मोवाइल बैंकिङ सेवा प्रवाह गरिरहेको छ । त्यसैगरी सो संस्थाले दैनिक उपभोग्य सेवाको महशुल भुक्तानी गर्न सक्ने सुविधा , मोबाईल टपअप सुविधा, ई-सेवा वालेटमा भएको रकम सहकारीमा रहेको खातामा र सहकारीको खातामा रहेको पैसा बैंकमा ट्रान्सफर गर्न सकिने सुविधा प्रवाह गरिरहेको बताइएको छ । Newsdesk See author's posts Share this:TwitterFacebookGoogle Related Continue Reading Previous उपयोगी साकोस र चाङ्गाथली क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्नNext चन्द्रागिरि साकोस र शुभतारा बहुउद्देश्यीय सहकारी संस्था लि. वीच एकीकरण हुदै Leave a Reply Cancel reply