साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला डा. वानिरा गिरीको निधनप्रति दु:ख व्यक्त
साहित्यमा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला तथा साहित्यकार डा. वानिरा गिरीको यही जेठ ९ गते बेलुका १० बजे काठमाडौंको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा भएको निधनप्रति विभिन्न साहित्यिक संघ/संस्था तथा व्यक्तित्वहरुले दु:ख व्यक्त गरेका छन् । १९४६ अप्रिल ११ मा खर्साङ्ग , दार्जिलिङ्गमा जन्मेकी डा. गिरी इन्द्रराज गिरी र जानकीदेवीकी छोरी हुनुहुन्छ । काठमाडौंको मीनभवन निवासी डा. गिरी अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । लेखन र शिक्षण पेशामा आफूलाई केन्द्रित गर्नु भएकी उहाँका पति , १ छोरा र १ छोरी छन् । कारागार , एउटा जिउँदो जंगबहादुर, निर्बन्ध , मेरो आविस्कार र जीवन थामहरु कृतिका लेखिका डा.गिरी महाकविले देवकोटा पुरस्कार -२०७३ , साझा पुुुुुुुरस्कार – २०५६ , गोरखा दक्षिण बाहु चौथो -२०४८ , लोकप्रियादेवी-२०४८ र रत्न श्री स्वर्ण पदक -२०४८ बाट सम्मानित हुनुभएको थियो ।
