प्रथम बहुउद्देश्यीय राष्ट्रिय सहकारी सम्मेलन , २०७८ पुन: स्थगित
बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि.ले यही जेठ २८ र २९ गते काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टी क्राउन प्लाजामा दोस्रो पटक तय गरेको ‘प्रथम बहुउद्देश्यीय राष्ट्रिय सहकारी सम्मेलन-२०७८‘ पुन: स्थगित भएको छ । सोही संघका अध्यक्ष सुरेन्द्र भण्डारीद्वारा हस्ताक्षर गरी जारी गरिएको सूचनामा २०७७ चैत्र ३ गते तय भएको उक्त सम्मेलन स्थगित भएको उल्लेख छ ।
कोभिड-१९ को संक्रमण नियन्त्रणको लागि गत बैशाख १६ गतेदेखि आउदो जेठ ३१ गतेसम्म काठमाडौं उपत्यका सहित काभ्रेपलाञ्चोक लगायतका विभिन्न जिल्लामा निशेधाज्ञा जारी भई सभा , सम्मेलन जस्ता कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको त्यस सम्मेलन स्थगित भएको जनाइएको छ । गत वर्षको जेठमा तय भएको यो सम्मेलन कोभिड-१९ कै कारण स्थगित गरिएको थियो ।
