आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.को मुख्य कार्यालय दैनिक सञ्चालन हुने , हिमनदी साकोस , श्री मंगलपुर साकोस र प्रेरणा साकोसका कार्यालय भने हप्तामा ३ दिन खुल्ने

0 Shares

काठमाडौंको टंकेश्वरमा मुख्य कार्यालय र महाबौद्धमा सदस्य सेवाकेन्द्र रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.को मुख्य कार्यालय अर्को सूचना जारी नभएसम्म दैनिक रुपमा यही जेठ २३ गते आइतबारबाट विहान ९ देखि ११ बजेसम्म सञ्चालन हुने जनाइएको छ । सोही संस्थाको व्यवस्थापन समूहद्वारा जारी सूचनामा उक्त संस्थाको महाबौद्धमा रहेको सदस्य सेवाकेन्द्र भने हाल बन्द रहने उल्लेख छ ।

यसैगरी ललितपुरको भोलगणेशमा रहेको हिमनदी तथा बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय सोमबार , बुधबार र बिहीबार गरी हप्ताको ३ दिन विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

त्यस्तैै चितवनको  भरतपुर महानगरपालिका-१५ मा रहेको श्री मंगलपुर बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय आइतबार , मंगलबार र बिहीबार गरी हप्ताको ३ दिन विहान १० बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

यस्तैगरी चितवनकै भरतपुर महानगरपालिका-२१ पार्वतीपुरमा मुख्य कार्यालय र नारायणगढ र शारदानगरमा सेवाकेन्द्र रहेको प्रेरणा बचत तथा ऋण सहकारी संस्था लि.आजबाट पुन: सञ्चालन शुरु भएको र यसले आइतबार , मंगलबार र बिहीबार गरी हप्ताको ३ दिन कार्यालय सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्ने जनाएको छ ।

Leave a Reply