नयाँपाटी साकोसको आयोजनामा घुम्ती रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

कोरोना महामारीका कारण निशेधाज्ञा जारी भइरहेको समयमा पनि दैनिक विहान ७ देखि १० बजेसम्म कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २२ गते घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं गोकर्णेश्वर नगरपालिका-२, नयाँपाटीमा आफ्नै भवनमा मुख्य कार्यालय तथा सोही नगरपालिका-६, जोरपाटी र कागेश्वरी नगरपालिका-१, गागलफेदीमा सदस्य सेवाकेन्द्रबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको त्यस संस्थाको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ९१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको बताइएको छ । भक्तपुर रक्त सञ्चार केन्द्र , भक्तपुर र काठमाडौंको तिनकुनेस्थित कान्तिपुर अस्पतालको ब्लड बैंकको प्राविधिक सहयोगमा नयाँपाटी , सुन्दरीजल , बाराही चोक , वी.पी.चोक , आलापोट र भूमिस्थलीमा शनिवार विहान ९ बजेदेखि दिउसो २ बजेसम्म घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।  निशेधाज्ञाका कारण रक्तदान कार्यक्रममा कमी भएको अवस्थामा रगतको अभाव भएर विरामीको उपचारमा कठिनाई नहोस् भन्ने उद्देश्यले यो घुम्ती रक्तदान कार्यक्रम आयोजना गरिएको त्यसै संस्थाका अध्यक्ष विजयकुमार श्रेष्ठको भनाई छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समय- समयमा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको उक्त संस्थाको आयोजनामा गत वर्ष लकडाउनको समयमा पनि यसरी नै घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । स्थापना भएको छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल सो संस्थाले प्रविधिलाई आत्मसाथ गर्दै एटीएम(ATM), मोबाइल बैंकिङ (Mobile banking) जस्ता सेवा पनि प्रवाह गर्दै आएको छ ।

Leave a Reply